‘के घर के डेरा’ को छायांकन सुरु

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘के घर के डेरा’ को छायांकन सुरु भएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको शुक्रबार स्वयम्भूस्थित हारती माता मन्दिरमा शुभमूहुर्तसँगै एक दृश्यको छायांकन पनि गरिएको हो ।

चलचित्रको नियमित छायांकन भने जेठ २ गतेबाट गरिने निर्देशक खनालले जानकारी दिनुभयो । चलचित्रको सम्पूर्ण छायांकन काठमाडौं उपत्यकामा गरिने बताइएको छ ।

छायांकन सेड्युल ३० दिन राखिएको यस चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रवीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायत कलाकारको अभिनय रहने निर्माणपक्षले जनाएको छ ।

कार्यकारी निर्माता युवराज कार्की रहेको चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताका रूपमा रहनुभएको छ । सिंगे लामाको कथा रहेको चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेख्नुभएको हो ।

चलचित्र काठमाडौंमा बस्ने सम्पूर्णको जीवनसँग मिल्दोजुल्दो हुने अभिनेता विपिनको भनाइ छ । यही वर्ष रिलिजको तयारी रहेको चलचित्रमा दीर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत रहने निर्माण पक्षले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?