क्युबाको एक होटेलमा विस्फोट हुँदा २२ जनाको मृत्यु, ५० घाइते

Read Time = 1 min

हवाना । मध्यहवानाको पाँचतारे होटेलमा भएको शक्तिशाली विस्फोटमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ । ग्यास चुहावटपछि भएको विस्फोटमा ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

साराटोगा होटेलमो शुक्रबार भएको सो विस्फोटमा फसेका व्यक्तिहरुको उद्धार प्रयास भइरहेको उद्धारकर्ताहरुले बताएका छन् ।

‘विस्फोटमा दुर्भाग्यवश २२ जनाको मृत्यु भएको छ’, स्वास्थ्य मन्त्रालयको अस्पताल सेवाका प्रमुख जुलियो गुएराले पत्रकार सम्मेलनमा भने । यसअघि विस्फोटका कारण ९ जनाको मृत्यु भएको जनाइएको थियो ।

विस्फोटमा दर्जनौं घाइते भएका मन्त्रालय र क्युबाली राष्ट्रपति कार्यालयले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?