विशेषले सफाइ दिएको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले फैसला गरेका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा पुनरावेदन गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेष अदालतले सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको मनोजकुमार झा प्रतिवादी रहेको मु्द्दामा चैत्र १२ गते सफाइ दिएको थियो । तोकिएको प्रक्रिया पूरा गरी रकम फस्र्योट गरेको देखिएकाले झाले रकम हिनामिना गरेको भन्न नमिल्ने भन्दै विशेषले सफाइ दिएको थियो । तर, आयोगले प्रतिवादी झाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा तीन लाख ५९ हजार १३८ रुपैयाँ हानिनोक्सानी गरेको ठहर गर्दै सोही रकम बराबरको बिगो माग गरेको छ ।

प्रशासकीय अधिकृतविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा
यस्तै, अख्तियारले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार एक करोड ४९ लाख ९७ हजार ८६३ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?