गुल्मी । नेपाली कांग्रेसका तर्फबाट गुल्मीको रेसुङ्गा नगरपालिका प्रमुख पदका उम्मेदवार खिलध्वज पन्थीले स्थानीय तहको निर्वाचनमा विजयी भए रेसुङ्गाबासीको शिर नझुक्ने गरि विकास गर्ने बताउनुभएको छ ।
आफुलाई रेसुङ्गाबासीले विजयी बनाएमा रेसुङ्गाबासीको शिर नझुक्ने गरि विकास गर्ने नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखका उम्मेदवार पन्थीले बताउनुभएको हो ।
नेपाली काँग्रेस गुल्मीका सभापति समेत रहनु भएको पन्थीले आफुले सार्वजनिक गरेको संकल्प पत्रमा उल्लेखित प्रतिवद्धता पूर्ण रुपमा पालना गर्ने बताउनुभयो । “मलाई विजयी बनाउनुहो्स, रेसुङ्गाबासीको शिर झुक्न दिने छैन । पाँच वर्षमा कुनै दिन पछुतो मान्ने दिन आउने छैन ।” उहाँले भन्नुभयो, “सर्वसाधारणको आधारभूत आवश्यकतालाई प्राथमिकता दिंदै दिगो विकासका कार्यक्रमहरु अगाडि बढाउने छु ।” पन्थीले आफ्नो पाँच वर्षे कार्यकालमा रेसुङ्गा नगरलाई विकास निर्माणमा अब्बल बनाउने बताउनुभयो ।
पन्थी अहिले घर–घरमा मतदातालाई भेट्न निकै व्यस्त हुनुहुन्छ । जनताका साना–साना समस्या देखि गौरव गर्न लायक विकासका एजेण्डा संकल्प पत्रमा समावेश गर्नुभएका पन्थी रेसुङ्गा नगरपालिकालाई इन्द्रेणीको सात रङ्गजस्तै गरि चम्काउने सपना र योजना सहित जनतामाझ पुग्नुभएको छ ।
पन्थी भन्नुहुन्छ, ‘रेसुङ्गा नगरपालिकामा न्याय, सुशासन र विकासको अनुभूत गराउनेछौँ । कहि–कतै पनि रेसुङ्गाबासीको शिर झुक्न दिने छैन । ठाडो शिर बनाएर हाम्रो रेसुङ्गा नगर भन्न गौरव गर्न लायक बनाउने छौं ।’ सत्ता बाहिर रहेर पनि जिल्लामा ठुल–ठुला विकासका योजना भित्र्याउन सफल पन्थी सुन्दर, शान्त, समृद्ध र समुन्नत रेसुङ्गा नगरपालिका निर्माणका लागि मिहिन सोंचका साथ अगाडि बढ्ने उहाँको भनाइ छ ।
उहाँले सार्वजनिक गरेको संकल्प पत्रमा जनताले अत्यन्त अपेक्षा गरेका र अति–आवश्यक कुराहरुले प्राथमिकता पाएका छन् । वितेको पाँच वर्षमा बसाईसराईबाट प्रताडित रेसुङ्गा नगरपालिकालाई विकास र अवसरको सिर्जना गरी बसाईसराईलाई रोक्ने प्रमुख ध्येय रहेको उहाँले बताउनु भएको छ ।
“शहरी सुविधा र अवसरको खोजी गर्दै शहरतिर झरेकाहरूलाई फर्काउनेछौं, रेसुङ्गा नगर छोडेर बसाईसराईको जमर्को गरेका नगरवासीहरूलाई विकास, अवसर र स्थायित्वका आधारहरू तय गरेर यहि अडाउनेछौं ।” उहाँ भन्नुहुन्छ, “ढिलासुस्ती र भष्ट्राचारको अन्त्य गर्ने संकल्पका साथ चुनावी मैदानमा होमिएको हुँ ।”
पन्थीले गरिब, विपन्न, असाहय, दलित परिवारका दुःखमा साहारा बन्ने बताउनु भएको छ । विजयी भए उनीहरुको आर्थिक, सामाजिक रुपान्तरणका लागि दिगोमूखी कार्यक्रम बनाएर समस्याहरुको समाधान गर्ने उहाँ दाबी गर्नुहुन्छ । आफ्ना कार्यक्रम मार्फत सम्मुनत रेसुङ्गा नगरपालिका निर्माणको योजनाका साथ अघि बढ्नुभएका पन्थी, सम्मुनत नगरपालिका भित्र सुन्दर र सुखी परिवारको पनि कल्पना गर्नुहुन्छ ।
“सुन्दर र सम्मुनत नगरपालिका भित्र सुखी र खुसी परिवारको बसोबास हुनेछ । उनीहरुका लागि आवश्यक आधारभूत सुविधाको ग्यारेन्टी गर्र्ने छौं।” उहाँले भन्नुभयो, “संकल्प पत्रमा समाविष्ट शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, शहरी विकास, खानेपानी, सरसफाई तथा विपद् व्यवस्थापन, सडक तथा भौतिक पूर्वाधारभित्र सङ्कल्पित सपनाहरुलाई पुरा गरेरै छाड्ने छौं ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच