काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले भूकम्पपीडितका लागि ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सल्यानको दार्मा गाउँपालिका र रुकमपश्चिमको आठविसकोट नगरपालिकालाई चार-चार लाख, बागचौर शाखा सल्यानका छ सय ८१ जना सेवाग्राहीलाई २१ लाख ५४ हजार, आठबिसकोट शाखा रुकुम-पश्चिमका तीन सय ७० जना सेवाग्राहीलाई ११ लाख ६४ हजार, शेरेगाउँ शाखा रुकम पश्चिमका दुई सय ५० जना सेवाग्राहीलाई सात लाख ५६ हजार रुपैयाँबराबरको राहत सामग्री सहयोग गरिएको कम्पनीले जनाएको छ ।
यसअघि पनि विपत्का अवस्थामा पनि कम्पनी खाद्यान्न, त्रिपाललगायत सामग्री वितरण गरेकोमा कुल ५० लाखभन्दा बढी आर्थिक सहयोग पुर्याएको कम्पनीले जनाएको छ । दुई अलग-अलग कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामबहादुर यादवले दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसी र आठविसकोट नगरपालिकाका मेयर रवि केसीलाई चेक हस्तान्तरण गर्नुभएका थियो । कम्पनीले हाल देशका ७२ जिल्लामा दुई लाख २० हजार बढी सदस्यबीच वित्तीय कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच