भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर १४, बोयाको बिहिबारे बजारका आगलागी पीडितलाई जिल्ला प्रशानस कार्यालय र रेडक्रस सोसाईटी भोजपुरले राहत बितरण गरेको छ ।
आगलागीबाट घर पूर्णरुपमा क्षति भई पिडित बनेका ८ परिवारलाई तत्कालका लागि नेपाल रेडक्रम सोसाईटी भोजपुरले त्रिपाल, कम्वल, भाडा, अन्य कपडाहरु सहयोग गरेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय भोजपुरले केही नगद समेत पीडितहरुलाई बितरण गरेको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद दाहालले बताउनु भयो ।
गएको २२ गते बेलुका ७ बजेबाट अचानक लागेको आगलागीबाट खेममणी तामाङकी अढाई बर्षिया छोरी सुस्माको मृत्यु भएको थियो भने ४ घर जलेर नष्ट भएको थियो ।

आगलागीबाट पीडित परिवारका लागि सहयोग गरिदिन उद्योग बाणिज्य संघ दिंला शाखाले पनि सवैलाई आग्रह गरेको छ । आगलागीका लागि पीडित परिवारलाई दैनिक गुजारामा समेत समस्या भएकाले सहयोगका लागि सवैसँग आग्रह गरिएको संघका दिंला शाखा अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र