बागबजारमा ‘आफ्नो बुटिक’ सञ्चालनमा

Read Time = 2 mins

काठमाडौं । बागबजारमा ‘आफ्नो बुटिक’ सञ्चालनमा आएको छ । सटिङ सुटिङको क्षेत्रमा बेग्लै पहिचान बनाइसकेको ‘सुट्माला’ले बागबजारमा वैशाखबाटै बुटिक सञ्चालनमा ल्याएको हो ।

वैशाखको अन्तिम साताबाट सञ्चालनमा आएको ‘आफ्नो बुटिक’ले युवा लक्षित, आधुनिक डिजाइनका पहिरन उपलब्ध गराउने बताइएको छ । ‘आफ्नो बुटिक’ले तालिम प्रदान गर्ने सञ्चालक तथा सिइओ राज कार्कीले बताउनुभयो । विगत ६ वर्षभन्दा लामो समयदेखि सटिङ सुटिङसँग सम्बन्धित पोशाकहरू तयार पार्दै आएको श्रीराज कलेक्सन तथा सुट्मालाले ग्राहकहरूको चाहना र मागलाई मध्यनजर गर्दै अब लेडिज बुटिक सञ्चालनमा ल्याएको कार्कीले बताउनुभयो । बुटिकमा विशेषगरी लेहेंगा, गाउन, सारीलगायत लेडिज पोशाक उपलब्ध हुनेछन् ।

नेपाली युवा पुस्तालाई कपडा व्यवसाय र उद्यमतर्फ प्रेरित गर्ने उद्देश्य रहेको कार्कीले बताउनुभयो । ‘सीपको अभाव भएका व्यक्तिलाई सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशीलतर्फ उत्प्रेरणा जगाउने हाम्रो लक्ष्य हो,’ कार्कीले भन्नुभयो, ‘युवा पुस्तालाई हौसला, उत्प्रेरणास“गै स्वदेशमै सम्भावना छ भन्ने सन्देश दिन चाहेका छन् ।’ कोरोनाको महामारीले सबैलाई शिथिल पारेकाबेला एकपछि अर्को व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

‘आफ्नो बुटिक’को अगुवाइमा टेलरिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभवी साथै सीटीईभीटीबाट थर्ड लेभल हासिल गरिसकेका प्रशिक्षकले तालिम प्रदान गर्नेछन् । वैशाख २५ गतेबाट तालिमका लागि आवेदन खुला गरिएको छ । तालिम आधारभूत तथा एड्भान्स तहको सञ्चालन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?