अनुुभूतिको इन्द्रेणीमा प्रीति आत्रेय ज्ञवाली

डा. गणेशप्रसाद घिमिरे
Read Time = 16 mins

साहित्य मानव मनको अनुुभूति हो । यो अनुुभूति त्यतिबेला बाहिर आउँछ जब मानिसले वा लेखकले पाठकसामुु पस्किने अवसर पाएको हुुन्छ । पस्किने क्रममा लेखक वा कवि जसरी अभिव्यक्त हुन्छ त्यसमा कविताका बान्की वा फाँकीहरू मिलेर आउने गरेका हुन्छन् । कविताका बान्की र फाँकी मिलेनन्भने पाठकको चेतनाले बहिष्कार गर्ने गर्दछ कृतिलाई । पाठकको बहिष्कारमा पर्न नसक्नुु नै असल लेखकको पहिचान हो साहित्यका क्षेत्रमा । त्यसैले साहित्यका हरेक कृति जीवन्त बन्न सक्दैनन् । जो जीवन्त बने ती चिरस्थायी हुुन्छन् साहित्यको बगियामा । साहित्यकाकार स्वान्त सुुखाय पनि लेख्ने अवसरमा पुुगेको हुन्छ कहिलेकाहीँ ।

कवयित्री प्रीति आत्रेय ज्ञवालीको अनुुभूूतिको इन्द्रेणी २०७९ कृति कविता सङ्ग्रहका रूपमा सार्वजनिक भएको छ । यो कृतिमा कृतिकारले उनन्साठी कवितालाई बान्की मिलाएर बाहिर ल्याएकी छिन् । कवयित्रीआत्रेयको खारिएको कलमबाट सिर्जना गरिएका यी कविताका गुुच्छाहरूले नेपाली कविताको इतिहासमा एउटा नयाँ मियो स्थापित गर्ने अधिकार पाएको देखिन्छ । देशबाहिर रहेर पनि नेपाली भाषा साहित्यलाई माया गर्ने र कृतिका माध्यमबाट बाहिर आउने उनको चाहलाई पूूरा गरिदिएको छ शब्दार्थ प्रकाशनले । कविताका सबै शीर्षक र तिनले व्यक्त गरेका भावलाई उनले जसरी पोखेकी छिन् त्यसमा उनको भावना र लेखनीको परिपक्वता झल्केको देखिन्छ ।

भावको गम्भीरता :
कविताको सबैभन्दा महत्वपूूर्ण पाटो भावको गम्भीर्यपन हो । कविताले भावलाई समातेको हुनुुपर्दछ । भावको गम्भीरता कवितामा भएन भने पाठकीय रुचि कमजोर हुने र त्यसले व्यक्त गर्ने भावको स्वरूप अभिव्यक्त नहुने हुन सक्छ तर आत्रेयका कवितामा त्यो किसिमको अवस्था देखिँदैन । उनले व्यक्त गरेका भावले पाठकको मनलाई पूर्णरूपमा आफूूतिर तान्न सकेको देखिन्छ । भावको सरलपन, सुुबोध र बोलीचालीमा भिजेका शब्दको प्रयोगले उनलाई नेपाली कविताको क्षेत्रमा नवीनता ल्याउने व्यक्तिका रूपमा बाहिर ल्याएको देखिन्छ । सामान्यभन्दा सामान्य पाठकको मनलाई पनि तान्न सक्ने उनका कविताका हरफहरूले भावको गम्भीरता बोकेका छन् । मानिस अनेकप्रकारका सोच र भावनाले भरिएको हुन्छ । जतिसुुकै विकासका कुरा गरे पनि मानिसको सोचमा परिवर्तन आउन नसकेको तथ्यलाई बाहिर ल्याउँदै प्रीति मानिसको सोच शीर्षकको कवितामा भन्छिन् :
अरूको राम्रोमा पनि नराम्रो देख्ने मानिस
आफ्नो नराम्रोमा पनि राम्रोको ठोकुुवा गर्छ
अरुलाई सधैँ होच्याएँछ
आफूलाई उच्च सम्झिन्छ
यही गुुण लिएर जन्मन्छ मानिस । कवयित्रीको भावनामा कति गम्भीरता देखिएको छ । यो कुरा सबैले जानेका छन् मानिस यस्तो हुन्छ भन्ने तर प्रीतिका शब्दको गुुम्फनले मानिसको चरित्रलाई बाहिर ल्याएको छ । यो भावमा देखिएको सरलपन हो । यही सरलपन कवितामा प्रयोग भएका शब्दले बोकेर बाहिर आएका छन् भावको गाम्भीर्यसहित ।

हामीले देशको शासनसत्तामा आमूल परिवर्तन गर्‍यौँ । त्यो परिवर्तनले देश र जनताको मुहार फेर्छ भन्ने हाम्रो सदाको आशा पनि हो । त्यही आशामा नेपाली सदा शहीद हुनसमेत तयार भए । आफ्नो जीवनको आहुुतिसमेत दिए । तर के पाए ?

हामीले देशको शासनसत्तामा आमूल परिवर्तन गर्‍यौँ । त्यो परिवर्तनले देश र जनताको मुहार फेर्छ भन्ने हाम्रो सदाको आशा पनि हो । त्यही आशामा नेपाली सदा शहीद हुनसमेत तयार भए । आफ्नो जीवनको आहुुतीसमेत दिए । तर के पाए ? यो प्रश्न नेपाली राजनीतिमा सदा रहने अवस्था देखियो । गणतन्त्रको वकालत गरिरहँदा पनि हामी र हाम्रा नेपाली जनताको पहिचान फेरिएन किन हो ? त्यही कुरालाई भावको गम्भीरतामा अभिव्यक्त गर्ने उनको लेखनीले खै के भयो ? शीर्षकमा भन्छ
पञ्च आयो
प्रजान्त्र आयो
राजतन्त्र गयो र
लोकतन्त्र आयो
गणतन्त्र आयो
खै के भयो ?
कति गहन भावलाई सरल शब्दमा बोकेका छन् यी हरफले । सबै गयो । चाहेको आयो तर नेपालीले के पायो ? यो निरुत्तर प्रश्न बन्यो हामी सबैका लागि । यही हो गणतन्त्रको उपहार हामी नेपालीका लागि । नारामा मात्र सीमित रहने यो गणतन्त्रले दिएको उपहार खोई त नेपालीका लागि । त्यसैले व्यवस्थाको परिवर्तन होइन सोचमा परिवर्तन हुनुु आवश्यक छ भन्ने चिन्तनलाई उनको कलमले कति मसिनो तरिकाले बाहिर ल्याएको छ । यही हो खारिएको कलमबाट सिर्जित माझिएको अभिव्यक्ति ।

कवितामा कविका भावनालाई लेखनीका माध्यमबाट व्यक्त गरिएको हुन्छ । कलममा भएको तागतलाई चिन्न सक्ने आधार सबैमा हुँदैन । कलमको शक्तिलाई बाहिर ल्याउँदै आत्रेय भन्छिन् :
चलाउने मानिसको
माझी औँलामा
लमतन्न अडेस लाग्दै
टेकोको भरमा
सारा कुरा ओकल्छ कलम
यो शब्दमा देखिएको चारुता पनि हो । कविताले भावलाई बाहिर ल्याएको हुन्छ लेखनीका माध्यमबाट । कलममा भएको तागतलाई कतिपय निरङ्कुुश शासकले चिन्दैनन् तर कलमका शक्तिले शासकहरू ढलेको तथ्यलाई नकार्न सकिँदैन । यही हो कलममा विद्यमान रहेको शक्ति पनि । यही शक्तिका माध्यमबाट अभिव्यक्त हुने भावलाई जसरी प्रीतिले यहाँ उल्लेख गरेकी छिन् त्यसमा भावनाको गङ्गा बगेको प्रतीत हुुन्छ । यही हो सरलता र सहजता कविताका बान्कीको र सर्जकको पनि ।

सजीव व्यङ्ग्य :
साहित्य कहिले पनि अभिधामा व्यक्त हुँदैन । साहित्यले व्यङ्ग्यलाई बाहिर ल्याएको हुन्छ शब्दको मोहनीबाट । आत्रेयको अनुुभूतिको इन्द्रेणीमा व्यङ्ग्यलाई सजीव तरिकाले चित्रण गरेको देखिन्छ । मानिस समाजको सामाजिक प्राणी हो । समाजका हरेक क्रियालाई मानिसले जीवनको भावनामा राखेर गतिशील तुुल्याएको हुन्छ । मानिसमा विद्यमान् वासनाले जहिले पनि आफूलाई सुुरक्षित राख्ने प्रयन्त गरेको हुन्छ । अत्तालिएको वासना बाहिर आउँदा विभिन्न प्रकारका कुरूपहरू बाहिर आउने गरेका हुन्छन् । त्यही कुरालाई इङ्गित गर्दै दोषी को ? कवितामा आत्रेय भन्छिन् :
दिनदहाडै बलात्कार, करणी हत्या
किन मुुकदर्शक छन् समाजका अगुुवाहरू
दिनानुुदिन अपराध हुुँदै गर्दा
किन वाचाल भई बसेका छन् ?
यो नेपालको सत्यता हो । बासनालाई पूूर्ति गर्ने सन्दर्भमा हुने गरेका बलात्कारका घटनाले नेपाली समाज क्षतविक्षत भएको छ । पीडितले न्याय पाएको देखिँदैन । यही अवस्थालाई उनको कलमले कति सरलतापूूर्वक राखिदिएको छ । वास्तवमा न्याय हराएको देश नेपाल नबनोस् भन्ने चिन्ता उनको लेखनीको सार हो । यही कुरालाई सरल तरिकारले पस्कन सक्नुु नै उनको लेखनीको बेजोड पाटो हो । प्रीति एक खारिएकी कवयित्री हुन् । उनको कलमले सिर्जेको अनुुभूतिको इन्द्रेणीमा सातै रङ्ग देखिएका छन् ।कवितालाई भावनाको सतहबाट बाहिर ल्याउने उनको लेखनीले जुुन अवस्थाको चित्रणलाई बाहिर ल्याएको छ त्यसमा उनको बौद्धिकताको पाटो बाहिर आउन खोजेको छैन । उनको हृदय पट्ट फुटेर बाहिर आएको छ कविताका माध्यमबाट ।

कवितामा हुनुुपर्ने व्यङ्ग्य र उनको मूूर्त चिन्तनले यहाँ ठाउँ पाएको देखिन्छ । आदिदेखि अन्त्यसम्म पाठकको मन तान्न सफल उनका कविताको भित्री सौन्दर्यमा मिठास भरिएको छ । यही मिठासले तान्छ पाठकको मन पनि ।

जीवनभर आफूलाई समर्पित गर्दा पनि मानिस सदा अधुरो नै रहृयो । मानिसले आफूलाई कहिले पनि पूूर्णरूपमा उभ्याउन सकेन । त्यही कुरालाई बाहिर ल्याउने सन्दर्भमा शरीर शर्षिकको कवितामा उनी यसरी पोखिन्छिन्
जीवनरूपी नाट्यशालामा
विविध भूूमिका निर्वाह गर्ने कलाकार
अमूूर्त रूप र अमूूर्त वस्तुुमा
ई्रश्वर खोज्ने र अनुुभूत गर्ने जीवी
यो सत्य हो । मानिसको जीवनका हरेकपल र उसले व्यक्त गर्ने भावनामा सदा जीवनलाई खोजेको हुन्छ । त्यही जीवनलाई बाँच्ने सन्दर्भमा उसका अनगिन्ती सपनाहरू बाहिर आउने गरेका हुन्छन् ।

राजनीति, समाज, शासन व्यवस्थाका कमजोर कडीलाई कविताका माध्यमबाट बाहिर ल्याउने उनले मायाको न्यानोपनलाई पनि बाहिर ल्याएकी छिन् तिम्रो लागि म कवितामा उनी भन्छिन् :
चिसो याममा न्यानो स्पर्श बनिदिउँला
गर्मीयाममा शीतल पवन भइदिउँला
कस्तो गम्भीरता यी शब्दहरूमा । यिनै शब्दको मधुरताले आत्रेयका कविताले पाठकको मनलाई छोएका छन् । यही हुुन् कवितामा देखिने उनका सरस र सरल अभिव्यक्तिका बान्कीहरू । कवितामा हुनुुपर्ने व्यङ्ग्य र उनको मूूर्त चिन्तनले यहाँ ठाउँ पाएको देखिन्छ । आदिदेखि अन्त्यसम्म पाठकको मन तान्न सफल उनका कविताको भित्री सौन्दर्यमा मिठास भरिएको छ । यही मिठासले तान्छ पाठकको मन पनि ।
विसं २०३८ सालमा जन्मिएकी कवयित्री प्रीति आत्रेय वर्तमानमा कम्बोडियामा छिन् । उनका सामाजिक सञ्जालमा देखिने र लेखिने हरफले जसरी सञ्जाल प्रयोगकर्तालाई तानेका छन् । त्यही अवस्था अनुुभूतिको इन्द्रेणीमा पनि देखिएको छ । पाठकको मनलाई तान्न सक्ने लेखनीकी धनी उनको कलमले यस्तै सिर्जना दिनेछ भन्ने आशा जीवन्त बनेर रहेको छ ।

आफ्ना पिता विष्णुराज आत्रेयलाई समर्पण गरिएको यो कृतिले समाजका विविध पाटोमा आफूलाई खरो रूपमा उभ्याएको छ । अनुुभूति साहित्य हो तर अनुुभूतिलाई उनले जसरी यो कृतिमा पस्केकी छिन् त्यसमा उनको लेखनी बेजोड तरिकाले बाहिर आएको छ । जीवनका अनुुुभूूतिलाई कवितामार्फत बाहिर ल्याउने उनको काव्य परिष्कारले जसरी पाठकलाई उद्वेलित गरेको त्यो वास्तवमा उनको लेखनीको चमत्कार हो भन्ने आधार मान्न सकिन्छ ।

समाजका विभिन्न पाटाहरूमा कलम चलाएर कविता सङ्ग्रहलाई उनले बाहिर ल्याएकी छिन् । यसमा जीवन छ । जीवनको महत्त्व छ । जीवनलाई भोग्ने आधार छ । मानिस छ । मानिसले गर्ने सबै कर्म छन् । राजनीतिबाट चेपुुवामा परेका नेपाली जनताको क्रन्दन छ । नेपाली जनताको चित्कार छ । त्यो चित्कारमा पोखिएको उसको वेदना छ । अनुुभूतिको इन्द्रेणी एउटा अध्ययन गर्ने कृति बनेर बाहिर आएको छ उनको कलमबाट ।

मानिस विज्ञ मान्छ आफूलाई । समाजका सबै कुरामा आफूलाई बुुद्ध मान्न पनि तयार बनेर आएको हुुन्छ । कविताकी सर्जक आत्रेय बुुद्ध बन्ने होइन प्रबुुद्ध बन भन्दै कवितामा भन्छिन् :
बुुद्ध पनि नबनौँ
आफ्नो ज्ञान र चेतनालाई
मनमा सजाउँदै प्रबुुद्ध बनौँ ।
यही हो कविता सङ्ग्रहमा अभिव्यक्त भएको मूल सार पनि । हामी यदि प्रबुुद्ध बन्यौँ भने समाजका सबै अवाञ्छित क्रियाकलाप समाप्त हुन्छन् भन्ने झिनो त्यान्द्रामा उभिएको छ उनको अनुुभूूूतिको इन्द्रेणी कविता सङ्ग्रहको भाव पनि । उनको कलम नथाकोस् र नयाँ नयाँ सिर्जना दिन सकोस् भन्ने कामनासहित ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?