टेलिकमको निर्वाचन अफर

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनका अवसरमा जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर (इलेक्सन अफर) उपलब्ध गराउने भएको छ । कम्पनीले ९८ रुपैयाँमा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने अफर ल्याएको हो । अफर आगामी वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ ।

कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर पनि उपलब्ध गराएको छ । तीन दिनसम्म सबै नेटवर्कमा दुई सय मिनेट कुरा गर्न सकिने दुई सय मिनेट भ्वाइस प्याक ९८ रुपैयाँमा उपलब्ध हुनेछ भने तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने तीन सय एसएमएससहितको तीन सय एसएमएस प्याक पनि ९८ रुपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने छ जिबी डाटा प्याक ९८ रुपैयाँमा उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?