दैलेख । दैलेखमा बस दुर्घटनामा ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ । दैलेखको आठबिस नगरपालिका–२ सिस्नेमा बुधबार बस दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ का प्रेम सुनार र काशीराम पाण्डे, कालिकोटको पलता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिनुभयो । बसमा सवार अन्य व्यक्ति घाइते भएका छन् ।
घाइतेको स्थानीय स्वास्थ्यचौकी र कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचार भइरहेको छ । म१ख ६६० नंको बस कालिकोटबाट सुर्खेत हुँदै नेपालगञ्जतर्फ जाँदै गर्दा गए राति दुर्घटना भएको थियो ।







सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक