भोजपुर । भोजपुरको षडानन्द नगरपालिका साङपाङमा अपरिचित व्यक्तिले गएराति एमालेबाट महिला उम्मेदवारको सदस्य बनेकी अमिता तामाङ माथि आक्रमण गरेका छन् ।
षडानन्द नगरपालिका वडा नम्वर १०, साङपाङको सन्तगाँउकी तामाङ सोही वडाबाट एमालेको वडा सदस्यकी उम्मेदवार हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले अपरिचित तामाङ माथि आक्रमण गरी फरार रहेकोले प्रहरीबाट उनीहरूको खोजी भईरहेको जनाएको छ । तामाङ माथि राती करिव साढे ९ बजेतिर आक्रमण भएको थियो ।
यता घटनाको निन्दा गर्दे नगर क्षेत्रका ५ राजनीतिक दलहरूले दोषीलाई पक्राउ गरि कारवाही गर्न माग गरेका छन । नेपाल कांग्रेस, नेकपा (एमाले ), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नगर कमिटीले संयुक्त बिज्ञप्ति निकाल्दै स्थानीय तह निर्वाचनलाई प्रभाव पार्ने गरी घटाईएका यस्तो घटनाका आधारमा कतै पनि सामेल नहुन सवैलाई आग्रह पनि गरेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच