भोजपुर । भोजपुरको षडानन्द नगरपालिका साङपाङमा अपरिचित व्यक्तिले गएराति एमालेबाट महिला उम्मेदवारको सदस्य बनेकी अमिता तामाङ माथि आक्रमण गरेका छन् ।
षडानन्द नगरपालिका वडा नम्वर १०, साङपाङको सन्तगाँउकी तामाङ सोही वडाबाट एमालेको वडा सदस्यकी उम्मेदवार हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले अपरिचित तामाङ माथि आक्रमण गरी फरार रहेकोले प्रहरीबाट उनीहरूको खोजी भईरहेको जनाएको छ । तामाङ माथि राती करिव साढे ९ बजेतिर आक्रमण भएको थियो ।
यता घटनाको निन्दा गर्दे नगर क्षेत्रका ५ राजनीतिक दलहरूले दोषीलाई पक्राउ गरि कारवाही गर्न माग गरेका छन । नेपाल कांग्रेस, नेकपा (एमाले ), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नगर कमिटीले संयुक्त बिज्ञप्ति निकाल्दै स्थानीय तह निर्वाचनलाई प्रभाव पार्ने गरी घटाईएका यस्तो घटनाका आधारमा कतै पनि सामेल नहुन सवैलाई आग्रह पनि गरेका छन् ।







सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक