विनियोजन र स्रोत व्यवस्थापन गर्ने अध्यादेश कोशी प्रदेशसभामा पेस

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । कोशी प्रदेशसभामा विनियोजन र स्रोत व्यवस्थापन गर्ने अध्यादेश पेस गरिएको छ ।

कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत आर्थिक वर्ष २०८०–०८१ को लागि विनियोजन र स्रोत व्यवस्थापनको लागि अध्यादेश ल्याउनु भएको थियो । सोही अध्यादेश प्रदेशसभामा पेस गरिएको हो ।

तत्कालीन मुख्यमन्त्री कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट प्रस्तुत गर्नुभएको थियो। चालु खर्चतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगत खर्चतर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रुपैयाँ विनियोजन भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?