काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज एक डलरको विनिमय दर खरिद दर १३३.१२ र बिक्रि दर १३३.७२ रुपैयाँ रहेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १८ पैसा कायम गरिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५१ पैसा र बिक्री दर १६८ रुपैयाँ २७ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.९७ रुपैयाँ र बिक्री दर ८८.३६ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ १० पैसा र बिक्रीदर ९८ रुपैयाँ ५४ पैसामा कारोबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २५ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ १६ पैसा र बिक्री दर १० रूपैयाँ २० पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ र बिक्री दर ३५.६५ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६७ रुपैयाँमा कारोबार गरिनेछ ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.६१ पैसा र विक्रीदर ४३३.५६ पैसामा कारोबार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच