चुनावको दिन पानी पर्नसक्छ, सतर्कता अपनाऔँ : जलवायुविद्

Read Time = 3 mins

काठमाडौं । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर बर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पुर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।

बगांलको खाडीमा बैशाख २३ गते देखि उत्पन्न न्यून चापीय अवस्था आईतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पुर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन् ।
पछिल्लो विकसित प्रणालीबारे कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतिले आसानी नाम दिईएको यस आँधि निकै तीब्र गतिमा चलेको बताउनुभयो । सो आँधीको असर भारतको उडिसा लगायत तटिय क्षेत्रमा बढी देखिने र नेपालमा भने बैशाख २८ गतेदेखि प्रभाव देखिने उहाँले बताउनुभयो ।
बैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन बर्षा हुने पूर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘२५ गतेदेखि बंगालको खाँडीमा न्युन चापीय अवस्था समुद्री आँधिको रुपमा विकसित भएको छ । यो न्युन चापिय अवस्था बैशाख २२ गतेदेखि उत्पन्न भएको थियो । न्युन चापिय अवस्था विकसित हुँदैगर्दा आजदेखि त्यसले समुद्री आँधिको रुप लिएको छ । जसलाई भारतको मौसम विज्ञान विभागले आसानी समुद्री आँधिको नाम दिएको छ । त्यो समुद्री आँधिको प्रभाव नेपालको पूर्वीय भागमा खास गरेर बैशाखको २७ गते रातिदेखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिलेसम्मको आँकलनबाट देखिएको छ ।

जलवायुविद् डा.उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिनुभएको छ ।

-न्युज एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?