जेठ १५ गतेको बजेट नै गठबन्धनको सरकारको अन्तिम बजेट: एमाले अध्यक्ष ओली

Read Time = 3 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी ओलीले २१औं शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताउनु भएको छ। बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीमा उत्रिएको भन्दै जनता कसैको धम्कीसँग नडराउने बताउनु भयो।

सत्ता गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएको ओलीको भनाइ छ। जनतालाई थर्काएर र धम्काएर भोट नमाग्न गठबन्धनका नेतालाई आग्रह गर्दै भयरहित वातावरणमा निर्वाचन गर्नुपर्ने उहाले वताउनु भयो। एमाले युवादेखि वृद्धसम्म र किसानदेखि मजदुरसम्मको हित चिताउने पार्टी भएकाले कुनै अलमलमा नपरी एमालेलाई मतदान गर्न उनले आग्रह गर्नु भयो।

कांग्रेस नेतृत्वको सरकारले विकास निर्माणका कुनै आयोजना अघि नबढाएको बरु विगतमा ४२ वटा उद्योग बेचेर खाएको ओलीले आरोप लगाउनु भयोे। अघिल्लो सरकारले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न थाल्दा परमादेशबाट सरकार ढालेर भूमिहीन आयोग खारेज गरेको ओलीले बताउनु भयो ।

उहाँले देशभरका स्थानीय तहमा एमालेको विजय मात्र नभई दिग्विजय भएको बताउनु भयो । ओलीले अहिले १० वटा स्याल एकातिर र एउटा शेर अर्कोतिर रहेको भन्दै एउटै शेरेले १० वटा स्यालको सिकार गर्ने बताउनु भयो।

पाँचदलीय गठबन्धन छ भन्ने कुराको जनताले मतलबै नराखेको बताउदै उहाँले एमालेले चुनाव हारे जनताले पाउने सेवा रोकिने र विकासका योजना पनि रोकिने भएकाले एमालेको विजय अपरिहार्य रहेको बताउनु भयो ।

भैरहवा, पोखरालगायतका अन्तर्राष्ट्रिय विमानस्थल एमालेकै नेतृत्वमा बनेका, वर्षौसम्म रहेका तुइन एमाले नेतृत्वको सरकारले नै विस्थापन गरेको उहाँले दाबी गर्नुभयो ।

बुटवलको विकासको जिम्मा एमालेको भएकोले सूर्यमा मत दिएर मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई जिताउने काम तपाईंहरुको ।’ ओलीले भन्नु भयो। गठबन्धनका नेताहरु युवाहरुलाई फ्री भिसामा विदेश पठाउँछु भन्दै हिँडेको आरोप लगाउँदै एमालेले युवाहरुलाई विदेश पठाउने कुरा नगर्ने बताउनु भयो।

अध्यक्ष ओलीले आगामी जेठ १५ गते गठबन्धनको सरकारको अन्तिम बजेट हुने ठोकुवा गर्दै भोट नदिए बजेट पठाईंदैन भन्दै हिँड्नुको अर्थ नभएको बताउनु भयो । ‘गठबन्धनलाई मत नदिए मत दिन्न भन्दै हिँडेका छन् । बजेट यीनको खल्तीबाट दिने हो ?’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?