-विजय रावत
जम्ला । स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४ चार सय ९६ जना कर्मचारी खटिएकाछन् । दुईसय ४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित कर्मचारी खटिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो,“ जिल्लाका ७९ मतदान स्थल र १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत खटिने कर्मचारी समेत छनौट गरिएको छ ।
जसमा ६ जना महिला निर्वाचन अधिकृत खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाँच सय भन्दा माथि मतदाता भएका मतदान केन्द्रमा ५ जना र पाँचसय भन्दा मुनी मतदाता भएका केन्द्रमा ४ जना कर्मचारी खटाएको छ । जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लामा ८८ मतदान केन्द्र पाँचसय भन्दा बढी मतदाता संख्या रहेको छ ।
सो संख्यामा १४ वटा केन्द्रमा मतदाता कम रहेको छ । सोही मापदण्ड अनुसार जिल्लामा कर्मचारी परिचालन हुने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । प्रत्यक केन्द्रमा कर्मचारी सहित तीन जना स्वयंसेवक खटिने भएकाछन् । अधिकृत र सहायक मतदान अधिकृतको तालिम संचालन गरिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच