जुम्लाको सिंजामा रुखले च्यापेर एक जनाको मृत्यु

विजय रावत जुम्ला, संवाददाता
Read Time = 1 min

जुम्ला । जुम्लाको सिंजामा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ।

सिंजा गाउँपालिका-६ रुघागाउँका अन्दाजी ३६ वर्षीय धनराम रोकायाको सोमबार दिउँसो १ बजेको समयमा रुखले च्यापेर मृत्यु भएको वडा सचिव दलबहादुर रोकायाले जानकारी दिनुभयो ।

सोमबार गाउँ नजिकैको जंगलमा रुख काट्ने क्रममा रुखले च्यापिदा उहाँ घाइते हुनुभएको थियो ।

घाइते धनरामलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सिंजा गाउँपालिका वडा सदस्य रामबहादुर रोकायाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?