आदिस अबाबा । संयुक्त राष्ट्रसंघले इथियोपियाका लागि तत्कालै खाद्यान्नको बीउ र मलको आवश्यकता रहेकाले सहयोगका लागि सबैसँग अपिल गरेको छ । लामो समयदेखि इथियोपियाका कतिपय स्थानहरूमा खडेरी परेको र द्वन्द्वका कारण यहाँ खेतीयोग्य जमिनमा पनि खेती हुन नसकेको अवस्थामा संयुक्त राष्ट्रसंघले सहयोगका लागि अपिल गरेको हो ।
इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वका कारण ग्रस्त रहीआएको छ । सो क्षेत्रमा आगामी हप्तादेखि मनसुन सुरु हुन लागेकाले त्यस अगावै आवश्यक बीउ र मलको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको हो । त्यस क्षेत्रका खेतबारी लामो समयदेखि बाँझै रहेका छन् । जसका कारण यहाँका नागरिकलाई खाद्यान्नको खाँचो रहने गरेको छ ।
विशेषगरी यहाँको उत्तरी क्षेत्रका नागरिकलाई लामो समयदेखि मानवीय सहायताको खाँचो रहेको पाइएको छ । यहाँको द्वन्द्व समाधानका लागि भन्दै संयुक्त राष्ट्रसंघले लामो समयदेखि काम गर्दै आएको छ । तर द्वन्द्व जारी छ भने उता खडेरी लगायतका समस्याले यहाँ खेती भएको छैन । सो क्षेत्रको सबैभन्दा बढी प्रभावित मानिएको टिगरे क्षेत्रका किसानलाई अझ बढी सहयोग चाहिएको बताइएको छ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध