सिएनआईद्वारा योजना आयोगको ध्यानाकर्षण

Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले मुलुकको अर्थतन्त्रका विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ । सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले वर्तमान अर्थतन्त्रका चुनौती, समाधानका उपाय, साना तथा मझौला उद्योग एवं निर्माण उद्योगका समस्याका विषयमा बुधबार छलफल गरेको हो ।

अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि थप प्रभावकारी कदम चालिनुपर्ने बताउनुभयो । उहाँले क्षेत्रगतरूपमा २० देखि ८० प्रतिशतसम्म मागमा संकुचन आएको भन्दै त्यसले उद्योग तथा निर्माण क्षेत्रमा समेत ठूलो धक्का पुगेको बताउनुभयो । विकास निर्माणका परियोजना समयमै र तोकिएकै लागतमा सम्पन्न गराउनुपर्नेमा जोड दिँदै अग्रवालले त्यसका लागि ‘लो बिडिङ’ मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने बताउनुभयो ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्र कसरी सुधार गर्न सकिन्छ भन्नेतर्फ नै सरकार केन्द्रित रहेको भन्दै आन्तरिक उत्पादन तथा रोजगारी बढाउन आवश्यक ठाउँमा ‘इन्टरभेन्सन’ गरिने बताउनुभएको छ ।

त्यसैगरी विद्युत् खरिद सम्झौता (पिपिए) खुला गर्न, शक्तिखोर तथा मयूरधापलगायत सञ्चालनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा निर्माण तथा सञ्चालन गर्न निजी क्षेत्रलाई अनुमति दिन पनि आग्रह गर्नुभयो । सिएनआईले चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिवोटिङ नेप्लिज इकोनोमी’ अवधारणासमेत उपाध्यक्ष श्रेष्ठसमक्ष पेश गरेको छ । अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने सिएनआईको सुझाव छ ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्र कसरी सुधार गर्न सकिन्छ भन्नेतर्फ नै सरकार केन्द्रित रहेको भन्दै आन्तरिक उत्पादन तथा रोजगारी बढाउन आवश्यक ठाउँमा ‘इन्टरभेन्सन’ गरिने बताउनुभयो । अर्थतन्त्रमा सुधार ल्याउन राजस्व चुहावट नियन्त्रण र औपचारिक माध्यमबाट बढी रेमिट्यान्स भित्र्याउनुपर्ने आवश्यकता देखिएको उहाँको भनाइ थियो । अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्दै निजी क्षेत्रलाई नै अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउनुपर्ने समेत उहाँले जोड दिनुभयो । सो अवसरमा सिएनआई उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, गभर्निङ काउन्सिल सदस्य योगेश्वरलाल श्रेष्ठ, महानिर्देशक दीपकराज जोशीको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?