‘थ्रेटकन थ्रेटकन २०२३’ सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हृयाकरहरूको सम्मेलन ‘थ्रेटकन थ्रेटकन २०२३’ सम्पन्न भएको छ । साइबर सुरक्षा फर्म थ्रेटनिक्सले २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा आयोजना गरेको तीनदिने सम्मेलनमा हृयाकरको वर्कशप, सम्मेलन तथा विभिन्न कार्यक्रम भएका थिए । सो अवसरमा क्याम्चर द फ्ल्याग’ (सिटिएफ) प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

प्रतियोगितामा विभिन्न कलेज तथा आइटी कम्पनीका ३८ समूहको सहभागिता रहेकोमा उत्कृष्ट पाँच समूहमा सफ्टवेरिका कलेजका विद्यार्थी रहेका छन् । प्रथम समूहले १० हजार नगद पुरस्कार र १६ सय डलर बराबरको ओएससिपी प्रमाणपत्र (पिइएन २०० कोर्स, ल्याबमा ९० दिनको पहुँच र परीक्षा) प्राप्त गरेका छन् ।

दोस्रोले साढे सात हजार रुपैयाँ नगदसहित दुई सय तीन डलर बराबरको प्रतिष्ठित दी बक्स (एचटिबी) को एक वर्षसम्म भिआइपी पहुँच र छ महिनाका लागि एक सय ६८ डलरबराबरको दुर्ईवटा भिआइपी सब्सक्रिप्सन प्राप्त गरेका छन् ।

तेस्रो समूहले पाँच हजार नगदका साथै याक दी बक्सको एक वर्षसम्म भिआइपी पहुँच र छ महिनाका लागि ८४ डलरबराबरको एउटा भिआइपी सब्सक्रिप्सन प्राप्त गरेका छन् । साइबर सुरक्षासम्बन्धी प्रतियोगिताले युवालाई यस क्षेत्रमा आउन र विशेषज्ञता हासिल गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?