काठमाडौंसहित देशका बिभिन्न स्थानमा बर्षाको संभावना

Read Time = 2 mins

आज (सोमबार) पनि काठमाडौंसहित देशका बिभिन्न स्थानमा बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यो प्रणाली अझै केही दिन रहने हुँदा तत्काल मौसममा सुधार नआउनेसमेत महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान मधेश प्रदेश, बागमती र सूदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

त्यस्तै, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सफा रहने जनाइएको छ ।

यस्तै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैबीच, प्रदेश नंं. १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी भू-भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?