काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको चौतारा शाखाले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । चौतारा सागाचोकगढी-७ सानो सिरुबारीस्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रम बैंकका चौतारा शाखा प्रबन्धक सम्पूर्ण गिरीको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैंकमा खाता खोली जम्मा गर्नुपर्ने, ऋण लिने कारण, सानाठूला जुनसुकै प्रकारको व्यवसाय गर्न बैंकबाट सहुलियत व्याजदरमा कर्जा लिने, बिमा, पारिवारिक बजेटको महत्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बंैकको योगदानका साथै धितोपत्र, सम्पति शुद्धीकरण र विद्युतीय कारोबारसम्बन्धी जानकारीबारे राष्ट्र बैंकका भूपू कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले प्रस्तुति दिनुभएको बैंकले जनाएको छ ।
सन इन्फोटेक एन्ड सोलुसन्सको समन्वयमा सम्पन्न कार्यक्रम संस्थाका प्रबन्ध निर्देशक टेकनाथ पोखरेलले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच