काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइतबार विशेष साधारणसभा सम्पन्न गरेको छ । सभाले कम्पनीको अधिकृत पुँजी र जारी पुँजी क्रमशः पाँच अर्ब र तीन अर्ब हुने गरी पुँजी वृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको सेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजिसनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ ।
बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पुर्याउन निर्देशन दिइसकेपछि सञ्चालक समितिको निर्णयअनुसार कम्पनीले पुँजी वृद्धि योजना पेश गरेको थियो ।
पुँजी वृद्धि योजनाअनुसार मर्जर र एक्विजिसनपछि चुक्ता पुँजी पाँच अर्ब पुर्याउने उद्देश्यले विशेष साधारणसभा सम्पन्नपछि बसेको सञ्चालक समितिको ५८औँ बैठकले सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा सञ्चालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई सम्मिलित तीन सदस्यीय मर्जर कमिटी गठन गरेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल