काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइतबार विशेष साधारणसभा सम्पन्न गरेको छ । सभाले कम्पनीको अधिकृत पुँजी र जारी पुँजी क्रमशः पाँच अर्ब र तीन अर्ब हुने गरी पुँजी वृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको सेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजिसनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ ।
बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पुर्याउन निर्देशन दिइसकेपछि सञ्चालक समितिको निर्णयअनुसार कम्पनीले पुँजी वृद्धि योजना पेश गरेको थियो ।
पुँजी वृद्धि योजनाअनुसार मर्जर र एक्विजिसनपछि चुक्ता पुँजी पाँच अर्ब पुर्याउने उद्देश्यले विशेष साधारणसभा सम्पन्नपछि बसेको सञ्चालक समितिको ५८औँ बैठकले सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा सञ्चालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई सम्मिलित तीन सदस्यीय मर्जर कमिटी गठन गरेको छ ।







गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक
राशिफल ३० साउन, कन्या :
‘मास्टर्नी’लाई एडल्ट प्रमाणपत्र
छायांकनमा पलको ‘यानीमाया’