धनगढी । सत्तारुढ गठबन्धनले आज (सोमबार) कैलालीको धनगढीमा चुनावी सभा गर्दैछ। सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका अन्य शीर्ष नेताले सम्बोधन गर्दैहुनुहुन्छ ।
सभामा सहभागी हुन प्रधानमन्त्री देउवा आइतबार बेलुका नै धनगढी पुगिसक्नुभएको थियो ।
देउवा नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिनुभएको थियो भने प्रचण्ड सोमबार बिहान पुग्नुभएको हो । देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बस्नुभएको थियो। उहाँले यो घर ०७४ को चुनावमा किन्नुभएको थियो ।
धनगढीमा बिहान ११ बजे आमसभा हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिनुभयो । देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम छ ।
प्रचण्डले भने धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ । उहाँ कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ ।
गठबन्धनले आइतबार मात्र दाङमा सभा गरेको थियो । धनगढीमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड मेयरमा प्रतिस्पर्धा गरिरहनुभएको छ । त्यस्तै एमालेबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालसहित चुनावी मैदानमा हुनुहुन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच