संस्मरणभित्र सत्य पस्किने राजकर्णिकार

संस्मरणलाई आज नेपाली साहित्यको निबन्ध विधाअन्तर्गत अन्य विधामा समावेश गरिएको छ । संस्मरणको तात्पर्य विगतका कुरालाई वर्तमानमा पस्केर पाठकसामु राख्नु हो । पाठकलाई मन पर्ला वा नपर्ला उक्त कुरा पाठकमै भरपर्ने विषय हो । व्यक्तिगत जीवनका अनुुभूति र जीवन भोग्ने क्रममा आएका कुरालाई साहित्यकारले संस्मरणमा पस्कने कोसिस गरेको छु । संस्मरणका माध्यमबाट पाठकसम्म आउने लेखकीय प्राप्ति सत्यको निकट हुनुु अनिवार्य मानिएको हुुन्छ ।

पाठकलाई सुुम्पने उसको अभिलाषा कहिले सत्यका निकट हुुन्छ त कहिले सत्यलाई धेरै पर छोडेर संस्मरणकर्ता बरालिएको हुुन्छ कृतिमा । कहिलेकाँही संस्मरणका पाठक वाक्क हुुन्छन् तर कहिले भने संस्मरणात्मक कृतिमा भरिएका गन्थनलाई मनोरम तरिकाले पढिरहेका हुुन्छन् । संस्मरणकर्तामा पाठकलाई तान्ने खुुवी नै लेखकीय खुुवी मानिन्छ संस्मरणभित्र । नियात्रामा सबल बनेर उभिएका एकजना स्रष्टा हुन् घनश्याम राजकर्णिकार र उनको संस्मरणको जीवन्त नमुना कृति हो ‘पवित्र सम्झना आमाको’ ।

पवित्रताकी प्रतीक आमा :
कुुपुुत्रो जायेत क्वचिदपि कुमाता न भवति
पुुत्र कुुुपुुत्रका रूपमा देखिए पनि माता कहिले पनि कुुमाता बनेर आउँदैनन् यो सृष्टि वा संसारमा । आमा सदा पवित्रताका मूूर्ती हुुन् । जीवनकी आधार हुुन् । आफ्नालाई जीवन पहिल्याउन सहयोग गर्ने केन्द्र हुुन् आमा । तिनै आमाको पवित्रतालाई र मानिसका चिन्तनलाई व्यक्त गरेका छन् राजकर्णिकारले प्रस्तुत कृतिमा । बाल्यकालदेखि नै आमाको रेखदेखमा हुुर्केका र ममताको मीठो अँगालोमा बाँधिएका राजकर्णिकार आमाको सम्झनामा पवित्र तरिकाले व्यक्त भएका छन् । लेखक वा आत्मसंस्मरणकार आफ्नो संस्मरणात्मक कृतिमा सत्य र तथ्तसहित बाहिर आउनुु आवश्यक छ । त्यही तथ्यलाई मीठो तरिकाले बाहिर ल्याएको छ घनश्याम राजकर्णिकारको प्रस्तुत कृतिले ।
सत्यप्रतिको भावलाई कर्णिकारले गतिलो तरिकाले बाहिर ल्याएका छन् । आमा सिर्जनाकी मूल हुुन् । आमा पवित्रताका मूर्ति हुन् । आमालाई संसारमा सृष्किर्ताका रूपमा चिनिएको छ । आमालाई जीवनको त्यो समर्पण मानिएको छ जसमा अनेक सुुगन्धका बाछिटाहरू सन्तानको उन्नति र प्रगतिका लागि अभिव्यक्त भएका हुन्छन् । यही हो आमाप्रतिको आस्था र विश्वास पनि । यही विश्वासमा टिकेको छ आज संसार पनि । नियात्रामा पनि कहिले झुुठ नबोल्ने राजकर्णिकार प्रस्तुत कृतिमा पनि झुुठ बोलेका छैनन् । यही खुुवी हो उनका संस्मरणको पहिलो आधार बिन्दुु पनि ।

आमालाई पवित्र माने लेखकले । आमालाई पूूज्य माने र माने जीवनको आधार पनि प्रस्तुत कृतिका माध्यमबाट । पवित्र सम्झना आमाको कृतिको शीर्षकमा आमा शब्द आफैँमा पवित्र हो तर पवित्र सम्झना भन्नुुपर्ने आवश्यकता किन पर्‍यो त लेखकलाई ?

नेपालको पहिलो कृष्ण पाउरोटी उद्योग कमलपोखरीमा एकपटक पाउरोटी किन्न बालकृष्णसम पसे । राणा परिवारमा जन्मेका समको भाषा शुुद्ध नेपालीपन मिसिएको थियो भने मेरी आमाको भाषा कर्कश थियो भन्दै संस्मरणकार लेख्छन् नाटककार बालकृष्ण समज्यूूको हरेक बोली शिष्टाचारयुक्त थियो भने मेरी आमाको जवाफ कर्कशयुुक्त । कति सत्य बोले लेखक प्रस्तुत कृतिमा । यस्तै सत्यताको दस्तावेज हो प्रस्तुुत कृति । यस्तै सत्य र तथ्यका भावनाका छाल लिएर आएको छ कृति ।

आमालाई पवित्र माने लेखकले । आमालाई पूूज्य माने र माने जीवनको आधार पनि प्रस्तुत कृतिका माध्यमबाट । पवित्र सम्झना आमाको कृतिको शीर्षकमा ‘आमा’ शब्द आफैँमा पवित्र हो । तर पवित्र सम्झना भन्नुुपर्ने आवश्यकता किन प¥यो लेखकलाई । आमालाई मात्र पवित्र मानेका छैनन लेखकले आफू पनि पवित्र भएर व्यक्त भएका छन् प्रस्तुुत कृतिमा उनी ।

इतिहासको झल्को :
इतिहास आफैँमा स्वच्छ पनि हुुन्छ र कलङ्कित पनि हुुन्छ । इतिहासका हरेक पाना र घटनाको आफ्नै महत्व रहेको हुुन्छ । नेपालको राजनीतिमा राणाका समयमा कृष्णबहादुुर राजकर्णिकारबाट स्थापना गरिएको कृष्ण पाउरोटी उद्योग आज पनि सञ्चालनमा रहेको छ । लेखक कृतिभित्र आफ्ना दैनिकी मात्र होइन तत्कालीन समयको समाज, सामाजिक व्यवस्था, शैक्षिक अवस्था र इतिहासका महत्तम घटनाको साक्षी बनेर देखापरेका छन् । निर्भीक तरिकाले व्यक्तिनु र जीवनका हरेक घटनालाई निष्पक्ष तरिकाले राख्नु उनको यो कृतिको सबैभन्दा गतिलो पक्ष बनेर आएको छ । सङ्घर्ष गरेर व्यवसाय स्थापना गरेको भए पनि उनले कृतिमा कतै दुुःख पाएको देखिँदैन । सुखमा हुुर्केका उनी प्रस्तुुत कृतिमा सबै राम्रा पक्षमात्र राख्न सक्थे तर त्यसो भएको छैन ।

तत्कालीन समयको अवस्था र आमाको मृत्युुले पारेको शोकलाई उनले यसकृतिमा राखेका छन् । उनी असत्य बोलेका छैनन् । आफूले भोगेका र आमासित बिताएका क्षणलाई सजिलो तरिकाबाट पुुस्तकमा उतारेका छन् । संस्मणकार जीवनका सबै पक्षलाई पस्कन सक्दैन । कतिपय कुरा उसले लुुकाएको हुुन्छ तर त्यसो गरेका छैनन् उनले यो कृतिमा । आफूूले गरेका राम्रा कामलाई र राम्रा बानीलाई संस्मरणमा उतार्ने चलनविरुद्ध कर्णिकार आएका छन् । उनले बाल्यकालमा गरेका गल्ती र त्यसबाट आफूले सिकेको पाठलाई समेत सजिलो तरिको पाठकलाई सुुम्पेका छन् । सहज तरिकाले व्यक्त भएका उनमा कुनै किसिमको पश्चाताप बोध आएको छैन । उनी जसरी यस कृतिमा पोखिएका छन् त्यस्तो अवस्था त संस्मरणकर्तामा बिरलै भेटिने गर्दछ ।

आफूू बालक हुुँदाका घटना । ती घटनाले आफूमा पारेको प्रभाव सबै कुरा आमालाई नलुुकाइकन भन्न सक्ने क्षमता उनमा देखिएको छ । कृति तत्कालीन बाल्यकालको सम्झनमा रुमलिएको छ । काठमाडौंको तत्कालीन समाजको सामाजिक व्यवस्था, आर्थिक अवस्था र शैक्षिक सन्दर्भलाई समेत कृतिका माध्यमबाट बाहिर ल्याइएको छ । कृति पढ्दै जाँदा कृतिकार यसरी पनि पोखिन सक्दोरहेछ भन्ने तथ्य पाठकलाई प्राप्त भएको छ । कृतिले तत्कालीन समयको इतिहास, समाज, सामाजिक व्यवस्था, धार्मिक मान्यता र ती मान्यतासित गाँसिएको हाम्रो जीवन सरक्क बाहिर आएको छ ।

शीर्षकमा विभाजन :
साहित्यकारले सिर्जना गरेको कुनै पनि कृतिको सबैभन्दा सबल पक्ष त्यसको शीर्षक हो । पवित्र सम्झनाआमाको कृतिलाई लेखकले बैसठ्ठी शीर्षकमा वर्गीकरण गरेर पाठकलाई सजिलो बनाइदिएका छन् । ससाना अनुुच्छेद र अनुुच्छेदभित्र समावेश गरिएका अभिव्यक्तिमा आएको पवित्रताले हरेक पाठकका आँखा रसाउन सक्ने अवस्था देखिएको छ । बाल्यकालमा चकचके स्वभाव र काठमाडौँको खुुला वातावरणमा हुर्केका उनी कृतिमा विविधतामुुखी व्यक्तिका माध्यमबाट बाहिर आएका छन् ।

नेवार परिवारमा जन्मे हुुर्केका उनले कृतिका कतिपय ठाउँमा नेवारी शब्दलाई जस्ताको त्यस्तै राखिदिएका छन् । उनले नेवारी शब्दको प्रयोग गरेको भए पनि उक्त शब्दको अर्थ बताइदिएर पाठकलाई सजिलो बनाइदिएका छन् । उनले कृतिलाई शीर्षकमा मात्र विभाजन गरेका छैनन् । कृतिमा घटना विवरणलाई बाहिर ल्याउने सन्दर्भमा तिथिमितिको उल्लेख गरिदिएका छन् । यसले गर्दा कृतिमा घटित घटनालाई समयसित आबद्धता दिइएको हुनाले तत्कालीन समयको अवस्था र तत्कालीन समयको समाजको सामाजिक चित्र गतिलो तरिकाले बाहिर आएको छ ।
शीर्षकीकरण गरिएका घटना र ती घटनासित जोडिएका प्रसङ्का कारणले कृति संस्मरणको एउटा नमुना बनेको छ । संस्मरणकारका कृति प्रायः राम्रै घटना विवरणले भरिएका हुुन्छन । राजकर्णिकाले आफूले बाल्यकालमा गरेका नराम्रा घटनालाई समेत बाहिर ल्याएका छन् । बुुबासित सारै डराउने लेखक आमासित सबै कुरा भनेर आमाको आज्ञाबाट सञ्चालित हुने व्यक्तिका रूपमा देखापरेका छन् । यो नै यस कृतिको मूल प्राप्ति हो ।

आमा सृष्टि हो :
समय बलवान् छ । समयलाई कसैले पनि आफ्नो बनाउन सकेको छैन । सबै समयको बसमा छन । समयको गतिसँगै लेखककी आमा आफूू अठ्ठाइस वर्षको हुुँदा दिवङ्गत हुनुुभएको हो । लेखकले सामान्यरूपमा आमालाई लिन सकेका छैनन् । आमालाई उनले सृष्टिको मुुहान मानेका छन् । आफूले गरेका सबै गल्तीलाई नझर्किकन सुुन्ने र सुुध्रन आग्रह गर्ने आमालाई उहाँकै कारणले आफूू यहाँसम्म पुुग्न सफल भएको आधार मानेका छन् । उद्योगमा संलग्न भएर पनि बाल्यकालमा घटित घटनालाई शिलशिलाबद्ध तरिकाले पस्कन सक्नुु नै उनको खुबी मानिएको छ प्रस्तुुत कृतिमा ।

कतिपय स्थानमा पाठकका आँखालाई आँसुुले भिजाउन सक्ने खुुबी देखिएको छ । यो नै लेखकको मूल प्राप्ति हो । आज आफूू यहाँसम्म पुुग्नुुको सबै श्रेय लेखकले आमालाई सुुम्पेका छन् । यो सबैभन्दा महत्तम पक्ष हो कृतिको ।

आमालाई लिएर नेपाली साहित्यमा कविता, खण्डकाव्य, महाकाव्य सिर्जना भएका छन् । आमाको ममता र मातृत्वका बारेमा धेरै भनिएका छन् तर आमालाई जीवनको मूल आधार, प्रगतिको केन्द्रबिन्दुु, बामे सर्दादेखिको पहिलो शिक्षक मानिएको यो कृतिमा कृतिकार जसरी पोखिएका छन् । त्यसमा कतिपय स्थानमा पाठकका आँखालाई आँसुुले भिजाउन सक्ने खुुबी देखिएको छ । यो नै लेखकको मूल प्राप्ति हो । आज आफूू यहाँसम्म पुुग्नुुको सबै श्रेय लेखकले आमालाई सुुम्पेका छन् । यो सबैभन्दा महत्तम पक्ष हो कृतिको ।

दुुःखमा बाँचेनन्, सुुखलाई सदा आफ्नो जीवनको आधार माने तर बाबुले कमाएको सम्पत्तिमा ठूला बन्न चाहेनन् । सुुखी हुुँदा पनि आमालाई सृष्टिको आधार मानेर आफूलाई जसरी प्रस्तुत गरे त्यो नै सबैभन्दा उच्च सम्मान बनेको छ यस कृतिमा । आमालाई वृद्धाश्रममा राखेर जीवन सजिलो हुुन्छ भन्ने आजको पुुस्तालाई कृतिले नजानिँदो किसिमले झापड हानेको छ । ममताको काखमा हुुर्कने र हुुर्केर ठूलो भएपछि आमाप्रति घृणा गर्ने आजको पुुस्ताले अध्ययन गर्नुपर्ने कृति बनेको छ यो ।

कृतिकार सजग छन् आफ्ना भावना व्यक्त गर्न । सबल छन् आमाले बाल्यकालमा देखाएको ममतालाई बाहिर ल्याउन । सफल छन् आमाको दिएको ज्ञान, ममता र स्नेहको पोखरीमा पौडी खेल्न । ममतामयी आमालाई छलछामरहित तरिकाले प्रस्तुत कृतिमा पस्केका संस्मरणकार घनश्याम राजकर्णिकार एक सबल र असत्य भाषण नगर्ने संस्मरणकार हुन् । उनको यो कृति आमाका लागि समर्पित छ जसमा आमाको ममता, स्नेह र मातृत्व पग्लिएर पोखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?