रामराज्य कल्पना कि यथार्थ

Read Time = 14 mins

✍️  डा.गणेशप्रसाद घिमिरे

संसारका कुनै पनि मुुलुुकमा शासन चलाउने आफ्नै किसिमका पद्यति रहेका हुन्छन् । ती पद्यति प्रत्येक देशमा आफ्नै प्रक्रियाका व्यवस्थामा केन्द्रित हुने गरेका छन् । व्यवस्थाका सञ्चालक र सञ्चालन गर्ने पद्यतिका आधारमा शासन स्वच्छ र व्यवस्थित हुने गरेको हुन्छ । अतः शासन व्यवस्थामा देखापर्ने विविधता, जनताले पाउने सुख र सुुविधाका कुराहरू शासकको सञ्चालन पद्यतिमा निर्भर रहेका हुुन्छन् ।

शासक र उसले चलाउने शासन व्यवस्था, शासन चलाउन प्रयोग भएका सबै अङ्गको भूमिकालाई मुुख्य रूपले हेर्ने गरिएको हुुन्छ जुुनसुुकै व्यवस्थामा पनि । त्यसैले शासन त्यो पद्यति हो जसमा जनताका आकाङ्क्षा, चाहना बाहिर आएका हुन्छन् । शासन गर्ने शासक र शासनमा देखिने प्रक्रियाले नै मानिस र राज्यका जनताको जीवनमा परिवर्तनको आधारभूूमि खडा भएर देखिएको हुन्छ ।

शासक कस्तो छ र उसले प्रवाह गरेको शासन व्यवस्था कस्तो छ त्यसलाई हेर्ने आधार राज्यका जनताले पाउने सुुविधा मानिएको छ । यही आधार हो शासन पद्यति पनि । हामीले जहिले पनि शासनमा रामराज्यको उदाहरण दिने गरेका छौँ । रामराज्य कल्पना मात्र हो वा राम साँच्चिकै असल शासक थिए । रामको राज्य कल्पनाको विषय हुन सक्ने आधार नभए पनि रामका पूूर्वजले चलाएको पद्यतिमा राम आएका हुन् । त्यसैले त्यो यथार्थ हो । उनको शासन व्यवस्था पनि असल थियो । रामले राज्य अयोध्यामा गरे ।

मानिस संसारको सबैभन्दा बुुद्धिमान प्राणी हो । उसका हरेक क्रियाले उसको जीवनका हरेक कुरामा असर पारेको हुुन्छ । उसले गर्ने कर्म, उसले खाने भोजनले समेत जीवनका हरेक पक्षलाई प्रभाव पारेको हुुन्छ । त्यसैले भनिएको छ आहार शुुद्धौ सत्वाशुुद्धिः ।

रामले शासन गर्ने राज्यमा उनका पिता दशरथले शासन गरेका थिए । दशरथको शासनकालमा अयोध्याको अवस्था र त्यहाँका जनता कस्ता किसिमका थिए भन्नु् नै रामराज्यमा देखिने आधारबीज हो । शासकले सञ्चालन गर्ने प्रक्रियाले नै शासन पद्यतिको पहिचानलाई देखाएको हुुन्छ । शासन व्यवस्थामा जनता कस्ता थिए र छन् भन्ने आधारले नै शासकको गुुणवत्ता सावित हुने गर्दछ ।

अयोध्याका जनता :
देशको प्रधान सेवक त्यतिबेला ढुुक्क हुन्छ जुुन राज्यका जनता सदा राज्य र शासकप्रति वफादार रहेका हुुन्छन् । यही आधारमा शासनको व्यवस्थापकीय अवस्था बाहिर आएको हुन्छ । रामराज्यको कल्पना तत्कालीन रामले मात्र गरेका थिएनन् । अयोध्यामा रामको शासन आउनुुभन्दा पूूर्व दशरथको शासन थियो । दशरथ रामका पिता थिए । रामका पिताको शासनमा जनता कस्ता थिए त । यही तथ्यलाई लिएर वाल्मीकि भन्छन् :
कामी वा कदर्यो वा नृशंसः पुुरुषः क्वचित्
द्रष्टुुं शक्यमयोध्यायां नाविद्वान् न च नास्तिकः ।।
तत्कालीन राजा दशरथको शासनमा अयोध्याका जनता कामी, कृपण, क्रूूर, मूर्ख र नास्तिक कोही पनि थिएनन् । यही हो तत्कालीन रामराज्यको जग । यही जगमा उभिएर रामले शासन गरे । जनताको नियत र भावना सदा सफा रहेमा संसारका कुनै मुुलुुक रामराज्यको रूपमा देखिन सक्ने तथ्यलाई यहाँ देखाइएको छ ।

मानिस संसारको सबैभन्दा बुुद्धिमान प्राणी हो । उसका हरेक क्रियाले उसको जीवनका हरेक कुरामा असर पारेको हुुन्छ । उसले गर्ने कर्म, उसले खाने भोजनले समेत जीवनका हरेक पक्षलाई प्रभाव पारेको हुुन्छ । त्यसैले भनिएको छ आहार शुुद्धौ सत्वाशुुद्धिः आहारको शुुद्धताले नै बुुद्धिमा शुुद्धता आउने हुुनाले आहारलाई हाम्रो सनातन परम्परामा अत्यधिक महत्व दिइएको छ । आहारमा देखिएको अशुुद्धपनले मानिसका सबै कर्म र उसले निर्वाह गर्ने भूूमिका समेत असङ्गत हुने कुरालाई उल्लेख गरिएको छ । मानिसले सेवन गर्ने आहार र त्यसबाट बुुद्धिमा पर्न जाने असरले उसका कर्ममा प्रत्यक्ष प्रभाव पार्ने गरेको हुुन्छ ।
नामृष्टभोजी नादाता नाप्यनंगदनिष्कधृक्
नाहस्ताभरणो वापि दृश्यते नाप्ननात्मवान् ।।
अपवित्र अन्न भोजन गर्ने, दान नदिने,मनलाई वशमा नराख्ने मान्छे अयोध्यामा कुनै पनि थिएनन् । त्यसैले त्यो राज्यको जग बलियो मानिएको थियो । पूूर्वजहरूको बलियो जगमा रामले शासन गरेका थिए । रामको शासन व्यवस्थाका सबै आधार पूूर्वजको देन मानिएका थिए ।

शासन व्यवस्थाका सबै आधार उक्त राज्यका जनताले गर्ने कर्म हुुन् । ती कर्मबाट नै शासनको अवस्था व्यवस्थित र सन्तुुलित हुने गर्दछ । पूूर्वको चिन्तन राज्यका सबै अङ्गले नियमित रूपमा सबै काम गर्दै गए र ती कामको मूल्य जीवन्त बन्यो भने व्यवस्था आफैँमा उदाहरणीय बनेको हुुन्छ । व्यवस्था आफैँमा उदाहरण हुुन सक्दैन । सञ्चालन गर्ने व्यक्ति वा शासकबाट हुने कामले नै व्यवस्थाका सबै कुराहरू उदाहरणका रूपमा आएका हुुन्छन् ।

सुुखी व्यवस्था :
शासक काम गर्छ । उसका काम र उसले सञ्चालन गर्ने पद्यतिले उक्त देशको व्यवस्थापकीय पक्ष सबल बनेर आएको हुुन्छ । त्यसैले शासक नै मूूल आधार हो व्यवस्थाको सुुदृढीकरणमा । शासकले गर्ने सबै काम जनताका आधारभूत अवस्थालाई जीवन्त बनाउने खालका हुुनुु अनिवार्य मानिन्छ । अयोध्याका शासक दशरथको राज्यमा :
नाषडंगविदत्रास्ति नाव्रतो नासहस्त्रदः
न दीनःक्षिप्तचित्तो वा व्यथितो वापि कश्चन ।।
दशरथको राज्यमा वेदका छ अङ्ग नजान्ने, व्रतहीन, हजारभन्दा कम दान दिने, दुुःखी, विक्षिप्त चित्त भएका कोही पनि थिएनन् । यही रामराज्यको जग । शासक हमेशा जनताप्रति राज्यप्रति उत्तरदायी हुनुु अनिवार्य हुुन्छ । ऊ व्यक्तिगत चाहना, इच्छा, आफ्नाप्रति उत्तरदायी भयो भने प्रत्येक व्यवस्थामा धमिरा लाग्ने गर्दछ । शासकका यस्ता कार्यले मानिसमा वितृष्णा, शासकप्रति असम्मान, व्यवस्थाप्रति घृणा जाग्ने गर्दछ । अतः शासक जनताका हरेक क्रिया र आवस्यकताप्रति नै चिन्तनशील हुनुु आवश्यक मानिन्छ ।

यस्तो हुुन सकेन भने जनतामा विद्रोहको भावना जागृत बनेर आउने गर्दछ । व्यवस्था कहिले पनि सुुखी हुुँदैन । देशका जनता र तिनले निर्वाह गर्ने भूूमिकाका आधारमा व्यवस्थाका हरेक पक्ष गतिशील बनेर आएका हुुन्छन् । शासकले निर्वाह गर्ने भूूमिकाले नै देश र जनताको अवस्थामा परिवर्तन आउने हुनाले ऊ सचेत र चिन्तनशील हुनुुपर्दछ । शासक स्वेच्छाचारी र स्वार्थपरायण भयो भने व्यवस्थाप्रतिको असन्तोष खुुलेर बाहिर आउने गर्दछ ।

मानिस सामाजिक प्राणी हो । उसका हरेक क्रिया परिवार र समाजप्रति केन्द्रित रहेका हुुन्छन् । शासक परिवार र समाजप्रति मात्र उत्तरदायी हुने व्यक्ति होइन ।उसका हरेक क्रियाले देशको अखण्डता, विकास र उन्नतिलाई आधार बनाएको हुुनुुपर्दछ । त्यसैले रामराज्यको यथार्थको पहिलो आधार दशरथ नै थिए । दशरथको राज्यमा देखिएका यी गुुणहरूले रामराज्यको कल्पनालाई साकार रूप दिएको देख्न सकिन्छ । शासकले निर्वाह गर्ने भूुमिका, उसका हरेक क्रिया देश र जनताको हितमा समर्पित हुनुु अनिवार्य मानिन्छ । शासक व्यक्ति होइन । उसले गर्ने कर्म र उसका निर्णय पनि व्यक्तिगत होइनन् । देशको विकास, उन्नति र जनताको हितका लागि लिइने निर्णय शासकका कहिले पनि व्यक्तिगत हुन सक्दैनन् ।

आजको संसार सदा परिवर्तनको अपेक्षामा केन्द्रित रहेको छ । आजको संसार उन्नतशील र मानिस विज्ञानको बड्दो प्रगतिको पासोमा बाँधिएका छ । यही विज्ञानको आधारलाई समातेर आजको मानिस पूूर्णरूपमा विकसित पनि छ । आजको मानिसले सबै क्षेत्रमा विकास गरेको छ । सुंसारका सबै देश विकासको चरण पार गरिसकेका छन् । संसारमा विकशित, विकासशील, विकासोन्मुुख मुुलुुकहरू रहेका छन् । ती प्रत्येक देशमा आफ्नै किसिमका शासन व्यवस्था सञ्चालनमा देखिएका छन् । ती उक्त देशका शासकीय प्रणाली हुुन् । त्यही प्रणालीका आधारमा चलेको व्यवस्थाले जनतालाई वा नागरिकलाई के दियो भन्न्ु नै आजको शासन व्यवस्थाको आधारबिम्ब पनि हो ।

आज हाम्रो देशमा पनि सुुधारिएको शासन व्यवस्था छ । एकतन्त्रीय, एकदलीय व्यवस्थालाई समाप्त पारेर बहुुदलीयको अन्तिम पद्यति गणतन्त्रमा प्रवेश गरेका छौँ । यो व्यवस्थाले हामी सबैलाई सुुखी, समृद्ध बनाउने कल्पना व्यवस्थाका सञ्चालकको रहेको थियो तर आजको अवस्था भिन्न बनेर आयो ।

आज हामी र हाम्रो देश पनि सुुधारिएको शासन व्यवस्थामा रमेका छौँ । एकतन्त्रीय, एकदलीय व्यवस्थालाई समाप्त पारेर बहुुदलीयको अन्तिम पद्यति गणतन्त्रमा प्रवेश गरेका छौँ । यसभन्दा अर्को शासन प्रणालीमा जाने हाम्रो आधार कतै छैन । यो व्यवस्थाले हामी सबैलाई सुुखी, समृद्ध बनाउने कल्पना व्यवस्थाका सञ्चालकको रहेको थियो । तर आजको अवस्था भिन्न बनेर आयो । जनताले पाउने स्वतन्त्रता पाएका छन् । स्वतन्त्रताका नाममा पाउने सबै व्यवस्थाका आधारलाई हामीले पूूर्णरूपमा अवलम्बन गर्न सकेनौँ । गणतन्त्रका दुुईवटा निर्वाचनमा बालिक मताधिकारको प्रयोग भइसकेको छ । मताधिकारको प्रयोगबाट जनप्रतिनिधि चुुनिएर आएका छन् ।

ती जनप्रतिनिधिले शासन व्यव्सथाका हरेक पक्षमा आफूलाई उभ्याएका छन् । आफू त उभिए तर जनताका सबै अधिकारको संरक्षण र सम्बर्धन गर्न सकिरहेका छैनन् । आफूलाई मात्र केन्द्रमा राखेर गरिएका यी कामले नेपालीले सुुख पाउने अवस्था देखिएको छैन । दशरथको जस्तो शासनको कल्पना नेपालीको सोच र आधार होइन । देशमा रोजगारी मिलोस्, अध्ययनका लागि विदेश जानुु नपरोस् । काम, माम र दामको व्यवस्था राज्यले गरोस् । स्वाथ्यसेवा सहज रूपमा उपलब्ध होस् । यही चाहना हुन् हामी सबै नेपालीका । यी जनताका भावनालाई सम्बोधन गर्न सके त्यही नै हुुनेछ हाम्रा लागि रामराज्य ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?