लण्डन । लण्डनको बकिंघम दरबारमा हुने प्लाटिनम जुबली पार्टीमा सहभागिता जनाउनका लागि रियालिटी टेलिभिजन स्टार किम कार्दाशियनले दिएको निवेदनलाई दरबारका अधिकारीहले अस्वीकार गरेका छन् ।
४१ वर्षीया किम हाल प्रेमी पिट डेविडसनका साथ लण्डनमा छिन् । यही मौकामा उनी पनि पार्टीमा उपस्थित हुने आँकलन गरिएको थियो । तर अधिकारीहरुले उनको निवेदनलाई अस्वीकार गरेपछि पार्टीमा सहभागी हुने उनको चाहना तत्कालका लागि तुहिएको छ ।
‘किमलाई कुनै पनि कार्यक्रममा सहभागिताका लागि निषेध गरिएको छ । त्यहीकारण उनी बेलायत खासै जाँदिनन् । सम्भवत यही कारणले अधिकारीले उनको निवेदनलाई अस्वीकार गरेका हुन्’, किम निकट स्रोतले भन्यो ।
कुल १० हजार टिकटको सार्वजनिक मतपत्रको माध्यमबाट यो शानदार पार्टीमा निमन्त्रणा गरिएको थियो । जसका लागि बेलायतमा प्रमुख व्यक्तिहरुलाई करिब ७ हजार ५ सय टिकट दिइएको थियो ।
यो पार्टीमा डायना रोस, नाइल रोजर्ससँगै सर डेविड एटनबरो र डेभिड बेकहम सहभागी हुँदैछन् । एजेन्सी







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र