बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ गल्लि कुटानमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका ५ का २९ वर्षिय मान बहादुर बिश्वकर्मा र सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षिय किशोर बसौली रहेका छन् ।
दुर्घटनामा गम्भिर घाइते भएका दुबै जनाको उपचारको क्रममा नेपालगञ्ज स्थित मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १० प २७८४ नम्बरको मोटरसाइकल आज बिहान पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच