काठमाडौं । काठमाडौंको सोल्टीदोबाटोमा आज ट्रक र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । स्कुटर चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाट बस्ने ६० वर्षीया विमला देवी भट्टराई रहेकी छिन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी भट्टराईको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।
घाइते भएका स्कुटर चालक ६३ वर्षीय ऋषि प्रसाद भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ना ५ ख १९०९ नम्बरको ट्रक र बा ९४ प ८६७६ नम्बरको स्कुटर आज बिहान ८ बजे ठोक्किएका थिए । दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :