नेपाली लेखक संघको काठमाडौं कार्य समिति चयन

हिमालय टाइम्स
Read Time = 4 mins

नेपाली लेखक संघको काठमाडौं जिल्ला कार्य समिति चयन भएको छ । लामो समयदेखि रिक्त अवस्थामा रहेको काठमाडौं जिल्लाका कार्य समिति शनिबार पद्मकन्या कलेज बागबजारको डेनिस हलमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट चयन भएको हो । पहिलो चरणको खुला सत्रमा आयोजक समितिका संयोजक बिसुकुमार केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माननीय तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै नेपाली लेखक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा रहने कि त्यसभन्दा बृहत् बन्ने भन्ने निर्णय गर्न आग्रह गर्नु हुँदै यदि यस संघले नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा रहने चाहना गर्ने हो भने पार्टीले त्यसलाई सहर्ष स्वागत गर्ने बताउनुभएको थियो ।

उहाँले नेपाली लेखक संघलाई कुनै पनि पार्टीको विचारभन्दा माथि उठ्न उचित हुने सुझाब दिँदै पार्टीले बीपी कोइरालाको जन्मदिवस सन्दर्भ पारेर बीपी विचारसम्बन्धी बृहत् कार्यक्रम गर्न लागेको हुँदा त्यसको अगुवाइ लिन नेपाली लेखक संघलाई आग्रह गर्नुभयो । कार्यक्रमा नेपाली लेखक संघका केन्द्रीय सहअध्यक्ष रत्नमसणि नेपाल, महासचिव भरत भण्डारी सोझो गाउँले तथा केन्द्रीय सल्लाहकार वियोगी बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाली लेखक संघको काठमाडौं जिल्ला दोस्रो अधिवेशनको पहिलो सत्र वा उद्घाटन सत्रमा आयोजक समितिको सदस्य बिमुन्स पौडेलले स्वागत मन्तव्य दिनुभएको थियो । आयोजक समितिका सदस्य जनार्दन अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । आयोजक समितिका सचिव इन्द्र लम्सालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अन्त्यमा आयोजक समितिका संयोजक तथा कार्यक्रमका सभापति बिसु केसीले आफ्नो मन्तव्यसहित सभा विसर्जन गर्नुभएको थियो ।

नेपाली लेखक संघको जिल्ला कार्य समिति निर्विरोध रूपमा चयन भएको थियो जसमा बिसुकुमार केसी अध्यक्ष, जनार्दन अधिकारी र बिमुन्स पौडेल उपाध्यक्ष, गणेश भट्ट अणु सचिव, सुशीला पौडेल कोषाध्यक्ष, माधव बिडारी र पार्वती अधिकारी सहसचिव छनौट हनुनुभएको थियो । यसैगरी सदस्यहरूमा सुधा बास्कोटा, जगदीश पाखरेल, विनोद दाहाल वत्स, पुनम घिमिरे, सुस्मिरा अर्याल, शोभा खरेल उप्रेती, हीरा परियार र पूर्णिमा प्रतिबिम्ब छनोट हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?