सेयर बजारमा दोहोरो अंकको वृद्धि

Read Time = 3 mins

काठमाडौं । आइतबार जस्तै सोमबार पनि सेयर बजार दोहोेरोे अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.२७ अंकले उकालो लागेर २२६८.८४ अंकमा पुगेको हो । ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१२ अंकले बढेर ४३९.४७ अंकमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

कुल दुई सय २२ कम्पनीका ३३ लाख २४ हजार आठ सय कित्ता सेयर एक अर्ब ३९ करोड छ लाख सात हजार दुई सय दुई रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएका १३ समूहमध्ये चार समूहको सेयर मूल्य बढेको छ भने नौ समूहको घटेको छ । होटल एवं पर्यटन २५.८५, विकास बैंक २०.९१, जीवन बिमा ८२.१२ र लगानी ०.०७ अंकले घटेको हो तर बैंकिङ १४.७६, व्यापार ३५.२२, जलविद्युत् १२.५३, वित्त १.६६, निर्जीवन बिमा ५७.०३, उत्पादन २७.१९, अन्य ५.१९, लघुवित्त ६०.७५ र सामूहिक लगानी कोष ०.०८ अंकले बढेको छ ।

सोमबारको कारोबारपछि बजार पुँजीकरण ३२ खर्ब २७ अर्ब ७६ करोड १४ लाख ७१ हजार पाँच सय छ रुपैयाँ पुगेको छ । नेपाल टेलिकमको सर्वाधिक सात करोड ८३ लाख ५३ हजार आठ सय ९९ रुपैयाँको कारोबार भएको छ भने एनआइसी एसिया बैंक पाँच करोड चार लाख ८९ हजार पाँच सय ९१, हिमालयन डिस्टिलरी चार करोड ९५ लाख ८५ हजार नौ सय ४१, शिवम् सिमेन्ट तीन करोड ८६ लाख ७१ हजार नौ सय ९२ र नबिल बैंकको तीन करोड ६९ लाख पाँच हजार छ सय ८८ रुपैयाँको कारोबार भएको छ ।

जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त ७.७७, उन्नति सहकार्य लघुवित्त ६.२७, सानिमा लार्ज क्याप ५.७७ र आरएसडिसी लघुवित्त सेयर मूल्य ५.३२ प्रतिशतले बढेको छ भने हिमालयन ऊर्जा विकास कम्पनी ३.७८, स्वरोजगार लघुवित्त विकास बैंक ३.२४, गुहृयेश्वरी मर्चेन्ट बैंक ३.०४, समता घरेलु लघुवित्त २.९९ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको २.८३ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?