रसुवामा नमुना मतदान, अधिकांश मत बदर

Read Time = 2 mins

रसुवा । रसुवामा नमुना मतदान गरिएको छ । स्थानीय तहको निर्वाचन गर्ने समय तीन दिन बाँकी छँदा जिल्ला निर्वाचन कार्यालय रसुवाले मंगलबार सदरमुकाम धुन्चेमा नमुना मतदान गरेको हो ।

नमुना मतदानमा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, जिल्लाका सरकारी कर्मचारी, स्थानीय नागरिक, सञ्चारकर्मी, दलका प्रतिनिधि, उम्मेदवार स्वयं सहभागी भएका थिए । सदरमुकाम धुन्चेस्थित रसुवा मावि मतदान केन्द्रमा नमुना मतदान गरिएको हो ।

नमुना मतदानमा अधिकांश मत बदर भएको छ । छैटौँ लहरमा खुल्ला सदस्यलाई दिने मतमा अधिकांश बदर भएको छ भने एउटै पदमा दुईदेखि तीन वटादेखि पुरैमा मत दिएको, घेराभन्दा बाहिर मत दिएको पाइएको छ ।

नमुना मतदानमा अधिकांश मत बदर हुँदा मतदाता शिक्षा आवश्यक रहेको देखिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले बताउनु भयो । खुल्ला सदस्यलाई दिने मतमा झुक्किने पाइयो, खुल्ला सदस्यका लागि कुनै दुई वटामा मत संकेत गर्नुपर्नेमा तीन वटासम्ममा पनि मत दिएको उहाँले बताउनु भयो । यसले गर्दा मत बदर धेरै भएको उहाँले बताउनु भयो ।

शुक्रबार हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, दलित महिला सदस्य, खुल्ला सदस्य, महिला सदस्यमा मतदान गर्न पाइन्छ ।

नमुना मतदानबाट मतदाताले मत हाल्ने तरिकाका बारेमा जानकारी लिनुका साथै मतदानमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीहरू मतदानलाई सफल बनाउने प्रक्रियाका बारेमा जानकार भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनु भयो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?