काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लब र स्वयम्भु फुटबल क्लबले जित हात पारेका छन् । छैटौँ जित हात पार्नेक्रममा झापाले स्पोर्ट्स एकेडेमी संघलाई १-० ले पराजित गर्यो । झापाको जितमा विशाल तामाङले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ८६औँ मिनेटमा गोल गर्नुभएको थियो । जितँगै झापा शीर्षस्थानमा उक्लिएको छ । झापाले सात खेलमा १९ अंक जोडेको छ । स्पोर्ट्स एकेडेमीले सात खेलमा पाँच अंक जोडेको छ ।
यस्तै स्वयम्भु क्लबले समाज कल्याण खेलकुद केन्द्रलाई २-० गोल अन्तरले पराजित ग¥यो । स्वयम्भुको जितमा विजयी श्रेष्ठ र नरेश राईले एक/एक गोल गर्नुभयो । जितसँगै स्वयम्भुले सात खेलमा ६ अंक जोडेको छ । स्वयम्भु दशौँ स्थान उक्लिएको छ ।
समाज कल्याण १० अंक जोडेर छैटौँ स्थानमा रहेको छ । सी डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगका शीर्ष दुई टिम ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेसनमा पर्नेछन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच