पूर्वराजा ज्ञानेन्द्र शुक्रबार भारत भ्रमणमा जाँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार १० दिने भारत भ्रमणमा जान लाग्नुभएको छ ।

करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लाग्नुभएको हो । उहाँ दुई महिनाको बीचमा दोस्रोपटक भारत जान लाग्नुभएको हो ।

पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको उहाँको सचिवालयले जनाएको छ। पूर्व युवराज पारस भने जानुहुने छैन ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्य भारत भ्रमणमा जान लागेका बताइएको छ ।

उहाँको सम्पूर्ण व्यवस्था मुख्यमन्त्री योगी आदित्यनाथले गर्नुहुनेछ । ज्ञानेन्द्र परिवारको सुरक्षाको जिम्मा भारतको उत्तर प्रदेश सरकारले नै लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?