त्रिमूर्ति निकेतनद्वारा सम्मान तथा पुरस्कार घोषणा

Read Time = 1 min
A A- A+

काठमाडौं । त्रिमूर्ति निकेतनले विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । निकेतनले २०७८ सालको ‘लेखनाथ काव्य पुरस्कार’ कवि गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै, यस वर्षको ‘बालकृष्ण सम पुरस्कार’ नाटक तथा चलचित्रकी चर्चित अभिनेत्री मिथिला शर्मालाई प्रदान गरिनेछ । ‘देवकोटा काव्य पुरस्कार’ कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कारका साथ जनही एक/एक लाख रूपैयाँ नगद राशि प्रदान गरिने निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?