सेयर बजार निरन्तर उकालो

Read Time = 3 mins

काठमाडौं । साताको सुरुदेखि उच्च अंकले बढेको सेयर बजारमा साताको तेस्रो दिन मंगलबार पनि ४४. १६ अंकले बढेको छ । यस दिन दोहोरो अंकले बढेर नेप्से २३ सय १३ मा पुगेको छ । दुई सय २६ कम्पनीका ३३ लाख ३० हजार एक सय ५० कित्ता सेयर एक अर्ब ३५ करोड ६६ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

कारोबार भएकामध्ये छवटा कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा बढी र तीनवटाको १० प्रतिशतले बढेको छ । वरुण जलविद्युत्, ङादी जलविद्युत् कम्पनी र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने युनिभर्सल पावर कम्पनी, दिव्येश्वरी जलविद्युत् कम्पनी र नेसनल जलविद्युत्को नौ प्रतिशतले बढेको छ ।

यस दिन जीवन बिमा समूहको परिसूचक दुई सय ३६, निर्जीवन बिमा समूहको एक सय २४, विकास बैंक समूहको एक सय तीन, लघुवित्तको ८६, उत्पादनमूलकको ६२ र होटल तथा पर्यटन समूहको परिसूचक ३६ अंकले बढेको छ । सबैभन्दा बढी बैंकिङ समूहको २२ अंकले बढेको छ ।
ङादी जलविद्युत्को नौ करोड ९८ लाख तीन हजार र दोस्रोमा अरुण भ्याली जलविद्युत्को चार करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ङादीको एक लाख ६२ हजार कित्ता र अरुण भ्यालीको एक लाख दुई हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

दुई जलविद्युत् कम्पनीलाई निष्काशन अनुमति
विद्युत् नियमन आयोगले दुई जलविद्युत् कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको छ । आयोगले वरुण हाइड्रोपावर कम्पनी र ङादी ग्रुप पावर कम्पनीलाई हकप्रद सेयर निष्काशन अनुमित दिएको हो । वरुण हाइड्रोपावरलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले २६ करोड ७९ लाख सात हजार पाँच सय रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन अनुमति पाएको हो ।

त्यस्तै ङादी ग्रुप पावरले पनि १ः१.५ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । कम्पनीले ७० करोड ६९ लाख ३२ हजार चार सय रुपैयाँ चुक्ता पुँजीको १ः१.५ अनुपातमा हकप्रद बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले एक करोड छ लाख तीन हजार नौ सय ८६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सेबोनमाथि सांसद अधिकारीको प्रश्नः ‘वर्षौंसम्म उधारो शेयर कारोबार कसरी लुक्यो ?’ डोलेश्वर महादेवमा साउन १ देखि ३८ दिने श्रावणी मेला, सम्पूर्ण तयारी पूरा ड्युटीमा फर्किए महानगर प्रहरी, जथाभावी पार्किङविरुद्ध कारबाही सुरु राष्ट्र बैंकद्वारा एक खर्ब रुपैयाँ निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान एलपी ग्यास वितरणलाई प्रविधिमैत्री बनाउन सभापति अन्सारीको माग, ‘एकीकृत प्रणाली तत्काल लागू… उचित मूल्यको माग गर्दै किसानले माइतीघरमा टमाटर फाले, सरकारविरुद्ध प्रदर्शन रौतहटका २८ वर्षीय युवाद्वारा आत्म*दाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष… आउटसोर्सिङको विरोधमा १८ मन्त्रालयका करार कर्मचारी सिंहदरबार अगाडि धर्नामा ‘प्रि-आईपीओ’का नाममा हुने अवैध कारोबारमाथि कारबाही हुन्छ : सेबोन अध्यक्ष डा. भट्ट