बिओके र होटल एसियाटिकबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । बैंक अफ काठमान्डु लिमिटेड (बिओके) र होटल एसियाटिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड पिओएस तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ । बैंकका ग्राहकले होटलको बिल भुक्तानीमा २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । छुटको उपयोग गर्न ग्राहकले बिओकेको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल एसियाटिक एयरपोर्ट रोड विराटनगरमा रहेको छ ।

आइडिया टु आइपिओ सेवाका लागि एनआइसी एसिया क्यापिटल र सारा नेपाल लिमिटेडबीच सम्झौता भएको छ । सारा नेपाललाई संस्थागत परामर्श, सेयर रजिस्ट्रार सेवासहित आइपिओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरू सहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्काशनका लागि एनआइसी एसिया क्यापिटल र सारा नेपालबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको एनआइसी एसिया क्यापिटलका मर्चेन्ट बैंकिङ हेड दामोदर रायमाझीले जानकारी गराउनुभएको छ ।

सारा नेपालले डिपार्टमेन्टल स्टोर, जलविद्युत्, यातायात तथा पर्यटन, होटल व्यवसाय, कृषिजन्य उत्पादन तथा बिक्रीवितरण, सञ्चार, खाद्यवस्तुको उत्पादन तथा वितरण, स्वदेशी वस्तु तथा सेवा निर्यातलगायतका कार्य गर्दै आएको छ । सारा नेपालले किराना पसल प्रवद्र्धनको लक्ष्यका साथ सयभन्दा बढी सारा स्टोरको नामबाट किराना पसल सञ्चालन गरिएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?