बिओके र होटल एसियाटिकबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । बैंक अफ काठमान्डु लिमिटेड (बिओके) र होटल एसियाटिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड पिओएस तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ । बैंकका ग्राहकले होटलको बिल भुक्तानीमा २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । छुटको उपयोग गर्न ग्राहकले बिओकेको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल एसियाटिक एयरपोर्ट रोड विराटनगरमा रहेको छ ।

आइडिया टु आइपिओ सेवाका लागि एनआइसी एसिया क्यापिटल र सारा नेपाल लिमिटेडबीच सम्झौता भएको छ । सारा नेपाललाई संस्थागत परामर्श, सेयर रजिस्ट्रार सेवासहित आइपिओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरू सहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्काशनका लागि एनआइसी एसिया क्यापिटल र सारा नेपालबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको एनआइसी एसिया क्यापिटलका मर्चेन्ट बैंकिङ हेड दामोदर रायमाझीले जानकारी गराउनुभएको छ ।

सारा नेपालले डिपार्टमेन्टल स्टोर, जलविद्युत्, यातायात तथा पर्यटन, होटल व्यवसाय, कृषिजन्य उत्पादन तथा बिक्रीवितरण, सञ्चार, खाद्यवस्तुको उत्पादन तथा वितरण, स्वदेशी वस्तु तथा सेवा निर्यातलगायतका कार्य गर्दै आएको छ । सारा नेपालले किराना पसल प्रवद्र्धनको लक्ष्यका साथ सयभन्दा बढी सारा स्टोरको नामबाट किराना पसल सञ्चालन गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)