महालक्ष्मीद्वारा क्युआर कोड वितरण

Read Time = 1 min

काठमाडौं । सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसात गर्दै विगत २७ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले महाराजगञ्ज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्युआर कोड वितरण कार्यक्रम आयोजना गरेको छ ।

नगदरहित कारोबारलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले महाराजगञ्ज र भाटभटेनी शाखाको अगुवाइमा उक्त क्षेत्रमा रहेका फलफूल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटल तथा रेस्टुरेन्टलगायतका विभिन्न पसलमा क्युआर कोड वितरण गरेको हो ।

क्युआर कोड प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनीकरण गरी सुरक्षितरूपमा डिजिटल बैंकिङ कारोबार गर्न ग्राहकलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?