सूर्य नेपाल गल्फ : भुवन र सुवासलाई संयुक्त अग्रता

Read Time = 2 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन भुवन नगरकोटी र सुवास तामाङले संयुक्त अग्रता बनाउनुभएको छ । गोकर्ण गल्फ क्लबमा भुवनले ८ अन्डर ६४ अंक जोड्दै कुल १२ अन्डर १३२ अंक बनाउनुभएको हो । १३औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी तथा पहिलो दिन अग्रता कायम गर्नुभएका सुवासले पनि ४ अन्डर ६८ अंक जोड्दै समान १२ अन्डर १३२ अंक जोड्नुभएको छ ।

एमेच्योर सद्भव आचार्य र रमेश अधिकारी ७ अन्डर १३७ अंकसहित संयुक्त तेस्रो स्थानमा रहनुभएको छ । सद्भवले ३ अन्डर ६९ र रमेशले ५ अन्डर ६७ स्कोर गर्नुभयो । रवि खड्का र शुक्रबहादुर राई ६ अन्डर १३८ अंकसहित संयुक्त पाँचौँमा रहनुभएको छ । रविले १ अन्डर ७१ र शुक्रले १ ओभर ७३ खेल्नुभयो ।

दिनेश प्रजापती ३ अन्डरको कुल स्कोरका साथ सातौँ, कमल तामाङ दुई अन्डर १४२ को कुल स्कोर बनाएर आठौँ स्थानमा हुनुहुन्छ । त्यसबाहेक राम मगर १ अन्डर १४३ स्कोरसहित नवौँ, जयराम श्रेष्ठ र धनबहादुर थापा समान ११४ स्कोरका साथ दशौँ स्थानमा हुनुहुन्छ ।

३२ व्यावसायिक र १२ एमेच्योर गरी ४४ खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपका विजेताले एक लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन् । यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?