एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित हुनुभएको हो। नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभयो ।

नवराजमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र मायानाथलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो । उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी हुनुभएको छ गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गर्नुभयो ।

सचिवमा लमजुङका धननजय दवाडीले ५ सय २० मत लिएर विजयी हुनुभयो। सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गर्नुभयो । उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उहाँका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याउनुभयो। उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याउनुभयो।

बिहिवार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो ।न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?