केभिन चम्किदा सिटीको फराकिलो जित

Read Time = 2 mins

काठमाडौं । केभिन डी ब्रुयनाको चार गोलप्रेरित म्यानचेस्टर सिटीले बुधबार उल्भ्सलाई ५-१ ले निराश पार्देै इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा पुनः तीन अंकको अग्रता लिएको छ ।

लिभरपुलले मंगलबार एस्टन भिल्लामाथि पुनरागमन जितमा शीर्ष स्थानको सिटीसँग अंक बराबरी गरेको थियो । चोटका कारण सिटी रुबेन डायस, जोन स्टोन्स र काइल वाल्करविनै मैदान उत्रिएको थियो ।

सातौं मिनेटमा डी ब्रुयनाको गोलमा सिटीले अग्रता लिएको थियो । ११औं मिनेटमा डेनडक्करले उल्भरहमटनलाई खेलमा फर्काए । त्यसको पाँच मिनेटपछि नै डी ब्रुयनाको गोलमा सिटीले पुनः अग्रता लियो ।

२४औं मिनेटमा डी ब्रुयनाले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ३-१ मा पुर्याएका थिए । ६०औं मिनेटमा डी ब्रुयनाले व्यत्तिगत चौथो गोल पूरा गर्दा सिटी सहज जिततर्फ अघि बढेको थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा रहिम स्टर्लिङको गोलमा सिटीको फराकिलो जित पक्का गरेका थिए ।

सिटी ३६ खेलमा ८९ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लिभरपुल भन्दा तीन अंक बढी हो । उपाधि रक्षाको लक्ष्यमा रहेको सिटीले अन्तिम दुई खेलमा क्रमश वेस्ट हम युनाइटेड र एस्टन भिल्लाको सामना गर्नेछ ।

अन्तिम दुई खेलमा चार अंक मात्र जोडे पनि पेप ग्वार्डिओलाको टोलीको उपाधि रक्षा लक्ष्यले पूर्णता पाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?