काठमडौं । काठमडौं उपत्यकाकै लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आज लगनखेलमा नरिवल खसालिँदै छ ।
लगनखेलस्थित देउला टोलमा रहेको रथबाट नरिवल खसालिन्छ । वर्षा र सहकालका देवताको रुपमा मनाइने रातो मच्छिन्द्रनाथलाई तानेर लगनखेल पुर्याएको चौथो दिनमा नरिवल खसालिने परम्परा रहेको छ ।
मच्छिन्द्रनाथ र मिननाथको रथबाट एक/एक वटा नरिवल खसालेर नरिवल खसाल्ने जात्रा मनाइन्छ । ३२ हात लामो रथको टुप्पोबाट खसालिने नरिवल समात्न मानिसहरुको भीड लाग्ने गर्छ ।
नरिवल समात्नेले सुख, शान्ति भोग गर्न पाउने किंवदन्ती छ । परापूर्वकालमा कर्कट नामका नागराज मच्छिन्द्रनाथको जात्राका क्रममा खसालेको नरिवल हेर्न पुगेको किंवदन्ती छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :