काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुरक्षित र राम्रो भविष्यका लागि आफ्नो मतको सदुपयोग गर्न अपिल गर्नुभएको छ ।
शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधि कायम रहेका बेला बिहीबार दिउँसो १२ बजेर ४१ मिनेटमा आफ्नो आधिकारिक पेसबुक पेजमार्फत नेता पौडेलले मतको सदुपयोग गर्न अपिल गर्नुभएको हो ।
‘निर्वाचन लोकतन्त्रको सुनौलो अवसर पनि हो । राम्रो र सुरक्षित भविष्यको निम्ति आफ्नो मतको सदुपयोग गरौं,’ पौडेलले अपिलमा भन्नुभएको छ ।
स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :