-डम्मर बुढा मगर
बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा एमाले र गठबन्धन कार्यकर्ता बीच झडप भएको छ । झडपमा सात युवा घाइते भएका छन् । मौन अवधी चलिरहेको समयमा बुधबार राति बडिगाड ५ मा दुई पक्ष बीच झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजन पाइजा, निमेस आचार्य, किरण सुनार र गठबन्धनका पाँच कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको हात, खुट्टा र घाँटीमा टोट लागेको छ ।
घाइते निमेस आचार्य र किरण सुनारको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
प्रहरीले सुरेश बुढाथोकी र सन्दिप थापालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । घटना स्थलबाट प्रहरीले हँसिया, घन, रड लगायतका हटियारहरु पनि नियन्त्रणमा लिएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच