एक्सेलको १७ औँ वार्षिक साधारणसभा

Read Time = 2 mins

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको १७औँ वार्षिक साधारणसभा शनिबार झापामा सम्पन्न भएको छ । सञ्चालक समिति अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको साधारणसभाले संस्थापक समूहका सेयरधनीमध्येबाट तीन सञ्चालकहरू महेन्द्रकुमार गोयल, राजन शर्मा र अमितकुमार अग्रवाललाई निर्वाचित गरेको छ ।

सो अवसरमा पूर्व सञ्चालक तथा संस्थापक सेयरधनी गणेशप्रसाद खनाललाई सम्मान गरिएको थियो । प्रादेशिक बैंकका रूपमा झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४४ स्थानमा विस्तार भएको छ ।

आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लामा समेत शाखा विस्तार गर्दै लैजाने बैंकको तयारी छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले बैंकको हालसम्म कर्जा लगानी करिब १० अर्ब ८० करोड र निक्षेप संकलन १३ अर्ब २५ करोड रहेको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?