काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को चितवन भ्रमणलाई लिएर निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख‚चितवनका प्रमुख जिल्ला अधिकारी र एसपीलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टीकरण सोधेको हो ।
बिहीबार आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल भरतपुर पुगेको र मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न दिएको विषयलाई लिएर उनीहरूलाई स्पष्टीकरण पत्र सोधेको हो । यसअघि आजै प्रचण्डलाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो ।
प्रचण्डलाई यसअघि पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
याे पनि पढ्नुहाेस् : प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी – Himalaya Times ।। One of the leading Newspaper in Nepal is Himalaya times. The online portal of ehimalayatimes.com
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच