चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध निर्वाचन आचारसंहिता(०७८ उल्लंघन गरेको उजुरी दर्ता भएको छ । उहाँहरू विरुद्ध भरतपुर महानगरपालिका–१२ का अश्विन घिमिरेले आज मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरमा लिखित उजुरी दिनु भएको हो ।
महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजागर मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध पनि उजुरी परेको छ ।
मौन अवधिमा निर्वाचन आचारसंहिताको उल्लघंन गर्दै प्रचण्ड मतदाता प्रभावित गर्न सक्रिय बन्नुभएको छ । । बुधबार स्थलमार्गहुँदै भरतपुर आइपुग्नु भएको प्रचण्ड आफ्नो छोरी रेणु दाहालको निवासमा राति अबेरसम्म बसेर नेता कार्यकर्ताहरूलाई भेट्नु भएको थियो ।
आज बिहान पश्चिम चितवनको विभिन्न स्थानमा पुगेर प्रचण्डले गठबन्धनका उम्मेदवारको लागि भोट माग्नुभयो। त्यसलगत्तै उहाँ आचारसंहिताको धज्जी उडाउँदै माडी पुग्नुभयो ।
माडीको एक होटलमा बसेर २५(२५ जनाको समूहमा कार्यकर्तालाई भेटेर निर्वाचन आफ्नो पक्षमा पार्न निर्देशन दिनुभयो । माडीमा माओवादी केन्द्र भित्रको नारायणकाजी श्रेष्ठ र प्रचण्ड पक्षका कार्यकर्ताबीच विवाद रहेको छ । उनीहरूलाई फकाउन प्रचण्ड माडी पुग्नुभएको हो ।
मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले दुई वटा भिडियोको टुक्रासहित ठाडो उजुरी परेको बताउनु भयो । ‘दुई वटा भिडियो राखेर आचारसंहिता उल्लंघन गरेको भनेर उजुरी परेको छ । भिडियोमा प्रचण्ड बाटोमा हिँडिरहेको देखिनु हुन्छ । अरु प्रमाण राखिएको छैन,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच