काठमाडौं । साहित्य र सांस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएका तीनजना स्रष्टालाई लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कृत गरिएको छ । लूनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरले २८औं वार्षिकोत्सवका अवसरमा उहाँहरूलाई सम्मान गरेको हो ।
कला मन्दिरले काठमाडौंमा आयोजित कार्यक्रममा ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ प्रा.डा. त्रिरत्न मानन्धरलाई प्रदान गरेको छ । यस्तै ‘सरस्वती सम्मान’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई र ‘नारायणगोपाल संगीत सम्मान’ संगीतकर्मी न्हुछेबहादुर डंगोललाई प्रदान गरिएको छ । तीनैजनालाई जनही एक लाख ५१ हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।
समारोहमा प्रमुख अतिथि प्राज्ञ प्रा.डा. उषा ठाकुरले सम्मानित व्यक्तित्वलाई सम्पान-पत्र प्रदान गर्नुभएको थियो । प्राज्ञ ठाकुरले सम्मानित सर्जकहरूलाई बधाई तथा शुभकामना दिँदै कला मन्दिरले स्रष्टाहरूलाई सदैव उत्प्रेरित गर्दै बताउनुभयो । उक्त समारोहमा वसन्त चौधरी फाउण्डेशनले प्रकाशन गरेको निबन्धसंग्रह ‘मैले बुझेको दुनियाँ’ लोकार्पण पनि गरिएको थियो । उक्त कृतिलाई डा.अस्मिता अर्यालले लेख्नुभएको हो ।
कला मन्दिरका अध्यक्ष वसन्त चौधरीले आफ्ना सिर्जना-शिल्पले राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा गरिमामय परिचय गराउने मूर्धन्य साधकहरूप्रति हृदयदेखि नै श्रद्धाभाव अभिव्यक्त गर्नु आफ्नो आराधना भएको बताउनुभयो । समारोहमा प्रा.डा. त्रिरत्न मानन्धर, मेघा चौधरी, डा. अस्मिता अर्याल, हरिहर शर्माले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच