काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को साढे १० महिना अर्थात् साउनदेखि वैशाख १५ गतेसम्म चार सय ३८ उद्योग दर्ता भएका छन् । सो अवधिमा स्वदेशी लगानीका दुई सय ४७ र विदेशी लगानीका एक सय ६३ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । उल्लेखित उद्योगमा तीन खर्ब २६ अर्ब ७६ करोड २१ लाख ६८ हजार रुपैयाँभन्दा बढीको लगानी स्वीकृत भएको छ ।
लगानी स्वीकृत भएका स्वदेशी तथा विदेशी लगानीका उद्योगमा ३० हजार २७ जनाका लागि रोजगारी सिर्जना भएको विभागको तथ्यांक छ । साउनमा मात्रै साना, ठूला र मझौला गरी ४१ स्वदेशी लगानीका उद्योग दर्ता भएका थिए । उक्त संख्यामा उद्योग दर्ता भएसँगै तीन हजार छ सय ३२ जनाका लागि रोजगारी सिर्जना हुने बताइएको छ । त्यस्तै भदौमा २१ उद्योग दर्ता हुँदा एक हजार आठ सय ९५ जनाका लागि रोजगारी सिर्जना हुनेछ । असोजमा साना, ठूला र मझौला गरी २७ उद्योग दर्ता भएका थिए । उक्त नयाँ उद्योगमा दुई हजार छ सय ६७ जना र कात्तिकमा दर्ता भएका २८ उद्योगमा दुई हजार एक सय ३४ जनाका लागि रोजगारी सिर्जना हुनेछ । मंसिरमा साना, ठूला र मझौला गरी दर्ता भएका २० उद्योगमा दुई हजार ५३ जनाका लागि रोजगारी सिर्जना हुनेछ भने पुसमा दर्ता भएका २१ उद्योगमा दुई हजार १७, माघमा दर्ता भएका २४ उद्योगमा तीन हजार एक सय ७६, फागुनमा दर्ता भएका २२ उद्योगमा एक हजार छ सय २७, चैतमा दर्ता भएका ३१ उद्योगमा दुई हजार पाँच सय ६८ र वैशाख १५ गतेसम्म दर्ता भएका १५ उद्योगमा एक हजार छ सय ५६ जनाका लागि रोजगारी सिर्जना हुनेछ ।
चालु आवको १० महिनामा करिब तीन खर्ब बराबरको स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् । सो अवधिमा दुई सय ७४ स्वदेशी उद्योगमा दुई खर्ब ८८ अर्ब २० करोड ९१ लाख ५८ हजार रुपैयाँ लगानी स्वीकृत भएको छ भने सोही अवधिमा विदेशी लगानीका एक सय ६३ उद्योग दर्ता भएकामा ३८ अर्ब ५५ लाख ३० करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच