कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । राजनीतिक तथा आर्थिक संकट गहिरिएका बेला राष्ट्रपति गोटाबायले विपक्षी दलका वरिष्ठ सांसद रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
राजीनामाको आह्वानलाई बेवास्ता गरिरहेका र राष्ट्रिय सम्बोधनमा व्यवस्था पुर्नस्थापित गर्ने प्रतिबद्धता जनाइरहेका बेला राष्ट्रपतिको पछिल्लो कदम आएको हो ।
महिन्दा राजापाक्षेले राजीनामा दिएपछि भएका प्रदर्शनमा नौ जनाको मृत्यु हुनुका साथै २०० जना घाइते भएका छन् । आफ्नो राष्ट्रव्यापी सम्बोधनमा गोटाबायाले संसदमा बहुमत प्राप्त गर्ने र नयाँ मन्त्रिपरिषद्को नेतृत्व गर्ने नयाँ प्रधानमन्त्री नियुक्त गर्ने बताउनुभएको थियो ।
विक्रमासिंघे श्रीलंकाको राजनीतिक परिदृश्यमा दशकौंदेखि हुनुहुन्छ । प्रधानमन्त्रीको रूपमा उहाँको यो छैटौं कार्यकाल हुनेछ । यद्यपि, उहाँले अहिलेसम्म आफ्नो कार्यकाल पूरा गर्न पाउनुभएको छैन । उहाँलाई राजापाक्षेको नजिकको रूपमा हेरिएको छ । एजेन्सी
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :